back
CTIZAN AD

किरण बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

वि.सं.२०७८ साउन २४ आइतवार

753 

shares

२४ साउन, काठमाडौं । किरण गजमेर भ्वाइस अफ नेपाल सिजन –३ को विजेता बनेका छन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।

टिम प्रमोदबाट फाइनल राउन्डमा प्रवेश गरेका उनले दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा बिजेता बनेका हुन् । विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरेका छन् । ट्रफी पाउनु भनेको उनलाई विश्वको जुनसुकै देशमा पनि स्टेज कार्यक्रम गर्ने अवसर पनि हो । उनले आफूले पाएको उक्त रकमबाट नेपालमा दुई वटा एम्बुलेन्स किन्ने घोषणा गरेका छन् ।

टिम राजुबाट बागलुङका ताराश्रीश मगर, टिम दीपबाट दार्जिलिङकी आर्यन तामा र टीम त्रृष्णाबाट ज्वाला राई फाइनलिस्ट बनेका छन् । तीनै फाइनलिस्टले आवाजको ट्रफी प्राप्त गरेका छन् । एक हप्ताको लागि दर्शकहरुद्वारा भोटको आधारमा निर्णय गरिएको हो ।

झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका उनी हाल अमेरिकामा रहँदै आएका छन् । उनी भ्वाइस अफ नेपालमा भाग लिन नेपाल आएका हुन् ।

भ्वाइसको उपाधि जितेपछि ट्रफी उचाल्दै उनले आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिएका छन् । किरण गजमेरले आफूलाई भोट दिने विश्वभरिका सबै नेपालीहरुलाई धन्यवाद दिएका छन्। उनले अब नेपाली संगीतबाट केहि लिनु भन्दा केहि दिने समय आएको बताए ।

यस रियालिटी शो मा प्रमोद खरेल, दीप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ कोच रहेका थिए । टिम प्रमोदका प्रतिद्वन्द्वीले लगातार दोस्रो पटक नेपालको नम्बर १ रियालिटी शोको उपाधि जितेका छन्। यसअघि टिम प्रमोदबाट राम लिम्बुले उपाधि जितेका थिए।

नेपालमा भ्वाइस अफ नेपाल सिजनको पहिलो सो २५ अगष्ट २०१८ मा गरिएको थियो । रियालिटी शो जोन डी मोल र प्रसारण साझेदार हिमालय टेलिभिजन एचडी द्वारा बनाईएको हो। ग्लोबल कन्सल्टेंट नोर्फा जलील हुन् र निर्देशकरप्रोजेक्ट हेड लक्ष्मण पौड्याल हुन्। सो कार्यक्रमको कार्यकारी निर्माता र ज्इक्त् सुशील नेपाल हुन्।

 

वि.सं.२०७८ साउन २४ आइतवार १०:३६ मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...