back
CTIZAN AD

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ साउन २४ आइतवार

624 

shares

२४ साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको आईपीओमा आवेदन दिने आज (साउन २४ गते) अन्तिम दिन रहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गते देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको थियो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशनमा ल्याएको कुल ६० लाख कित्ता सेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३र३ लाख कित्ता गरी ६ लाख कित्ता छुट्टाएको छ । त्यसपछि बाँकी रहेको ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिक्तम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १०:३३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...