back
CTIZAN AD

एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

वि.सं.२०७८ साउन २६ मंगलवार

675 

shares

२६ साउन, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गरेका हुन । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।

उक्त प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष आयोजना हुने भनिएको ईपीएलको कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले मान्यता प्रदान गरेको छ ।

ईपीएलमा नेपालका उत्कृष्ट खेलाडीका साथै विदेशीले समेत भाग लिने आयोजकले जनाएको छ । काठमाडौँ किंग्स ११ ले पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई तथा चितवन टाइगर्सले पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरिसकेको छ । सो प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ ९क्यान० ले समेत मान्यता प्रदान गरिसकेको आयोजकले जनाएको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १०:१६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...