२६ साउन, काठमाडौ । कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।
पुतलीसडकस्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
हाल सिडिएससि बाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।
काठमाडौं -३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
यस बैंकले सोसल मिडिया बैंकिङ्ग, केएसआइ मोबाइल, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ साउन २६ मंगलवार २१:२३ मा प्रकाशित






























