back
CTIZAN AD

कोरोना महामारी नियन्त्रणमा सहजीकरण गर्न जिल्ला अध्यक्षहरुलाई तरुण दलको परिपत्र

वि.सं.२०७८ साउन २७ बुधवार

576 

shares

२७ साउन, काठमाडौं । नेपाल तरुण दलले कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनसँग सहजीकरण गर्न÷गराउनको लािग ७७ वटै जिल्ला समितिका अध्यक्षलाई परिपत्र गरेको छ ।

कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेकोले यस्तो अवस्थामा अघिल्ला भेरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्व तयारी गर्नु अति आवश्यक रहेको नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले बताएका छन् ।

यस्तो छ जिल्ला समितिलाई गरिएको परिपत्र

श्री अध्यक्ष जी,
नेपाल तरुण दल,
सबै जिल्ला समितिहरु ।

विषय : परिपत्र

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अधिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी गर्नु अति आवश्यक छ । त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्ष ज्यूहरुलाई यो परिपत्र गरिन्छ ।

१. कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने ।

२. खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने ।

३. स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने । केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकाय संग पहल गर्ने ।

४. बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने ।

५. खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्का बीच दुरी कायम गर्न सचेतना फैलाउने।

६. अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई सामाजिक दूरी कायम गरिदिनुहुन अनुरोध गर्ने ।

७. सामाजिक संजाल, अनलाईन समाचार लगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गर्ने । अफवाह फैलाईएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने ।

८. मास्क, औषधी, सेनिटाईजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने ।

९. सकेसम्म लामो दूरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने ।

१०. अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।
जय नेपाल ।

जित जङ्ग बस्नेत
अध्यक्ष

वि.सं.२०७८ साउन २७ बुधवार ०९:२१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...