स्वास्थ्य विमा अति राम्रो योजना हो र नागरिकलाई आवश्यक पनि छ । म गाउँमा धेरै भन्दा धेरैलाई भन्न सक्छु कि यो गराउनु पर्छ तर मलाई नै मन नपरेको कुरा के भने बिमितलाई पहिलो प्राथमिकतामा पारियोस यदि सकिदैन भने अरु विमारी कै हाराहारीमा त राखियोस यहाँ त विमाको कार्ड देखाउने बित्तिकै एलर्जि हुन्छ अस्पतालका कर्मचारीहरुलाई । मैले महशुस गरेको कुरा ।
नजिकको अस्पताल बिन्दु किटाउनु पर्ने कुरा मन परेन । यदि मैले विमा गरेको छु र मसंग तपाईहरुले दिएको आधिकारीक कार्ड छ भने मैले चाहेको सरकारी वा निजी अस्पतालमा उपचार गराउन किन नपाउने ? मानिलिउ म तनहूँको मानिस केहि दिनको लागि धनगडी पुग्याे, त्यहाँ विमारी भयाे भने त्यहाँको अस्पतालमा कार्ड देखाएर उपचार गराउन किन नपाउने । तपाईहरुले कम्प्युटरमा यो बिमितले यति बराबरको उपचार फलानो कोडको अस्पतालबाट सुबिधा लियो भनेर कम्प्युटरमा चढाउनोस् न ताकि बढि दावि गर्न नपाओस् । यो संयन्त्र बनाउन किन नसकेको । विमा गरेको छ । कताको विल संकलन गरेर कता दावि गर्न जाने कति समय लाग्ने हो ? चिन्तै चिन्ता हुन्छ । आफ्नो परिवार भित्रको मानिसले लिएको सुविधा देशैभर जहाँबाट लिए पनि कम्प्युटरमा घटाउदै जानोस् ? पाँच बाँकी रहँदा सम्म पनि सिटामोल त निःशुल्क लिन पाईयोस् ।
यदि नजिकको अस्पताल बिन्दु किटाउनै पर्ने भए किटाउला तर उहाँहरुले रिफर लेटर दिन झण्झट मान्नु भएन । मलाई विना कारण नजिकको अस्पतालबाट कुनै मन परेको अस्पतालमा जान मन लाग्यो भने सिफारिस दिन किन झण्झट ? र हामीले नै उपचार गर्छौ त्यहाँ गए सुबिधा पाउनु हुन्न किन भन्ने ? जहाँ गए पनि एकै हो भन्ने सम्झनु पर्यो ।
वि.सं.२०७८ साउन २७ बुधवार ०९:२६ मा प्रकाशित






























