३१ साउन, काठमाडौं । प्रर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा रहेका ेनपालीको जीवन रक्षाको माग गरेका छन् ।
अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन सरकारले आलटाल तथा बहानाबाजी गर्न नहुने पनि डा. भट्टराईले लेखेका छन् ।
अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!
— Baburam Bhattarai (@brb1954) August 15, 2021
‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन । पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस् !’ सामाजिक संजालमा टिवटरमा लेख्दै उनले भनेका छन् ।
वि.सं.२०७८ साउन ३१ आइतवार १५:२६ मा प्रकाशित






























