back
CTIZAN AD

प्रदेशकै उत्कृष्ट बन्दै दाजुभाइ कृषि फार्म

वि.सं.२०७८ साउन ३१ आइतवार

606 

shares

३१ साउन, सर्लाही । घिमिरे दाजुभाइ कृषि फार्म प्रदेशकै उत्कृष्ट बन्दै गएको छ ।

बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको हो । उनीहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए ।

उनीहरुले अहिले करिब रु ५० लाखको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । अहिले उक्त फार्म करिब रु एक करोड ५० लाखको भइसकेको छ । करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका उनीहरुले १० हजार माछा पनि थपेका छन् । करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताए ।

उनीहरुले आफ्नो बगैँचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाएका छन् । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेका घिमिरेको भनाइ छ । जिल्लामै एक नमूना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजुभाइले प्रशंसनीय कार्य गरेका वडाध्यक्ष खड्गबहादुर राईले बताए ।

उक्त फार्म विस्तार गर्दै स्थानीय युवालाई स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सकेको सहयोग गर्ने नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त फार्मको लक्ष्य पूरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार छ । एउटै घरका रामप्रसाद घिमिरे, चेतन घिमिरे, सरोज घिमिरे र यामप्रसाद घिमिरेले मिलेर सो फार्म सञ्चालन गरेका हुन् ।

वि.सं.२०७८ साउन ३१ आइतवार १५:१२ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...