back
CTIZAN AD

भूपु गोर्खाको माग पूरा गराउन बेलायत सरकारसँग कुटनीतिक पहल गर्न एमालेको माग

वि.सं.२०७८ साउन ३१ आइतवार

708 

shares

३१ साउन, काठमाडौं । नेकपा एमालेले बेलायतमा अनशनरत भूपु गोर्खाहरुको माग पूरा गराउन बेलायत सरकारसँग कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आइतवार एक विज्ञप्ति जारी गर्दै गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वभाविक, जायज र मानविय भएको ठहर गर्दै सरकारद्धारा कुटनीतिक पहलका लागि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्ववर्ती सरकारले भूपु गोर्खा सैनिकहरुका सरोकारवालालाई सम्बोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणमा बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बधी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राखेको समेत विज्ञप्तिमा बताइएको छ ।

‘तर्सथ समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुईसय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा (एमाले) नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

वि.सं.२०७८ साउन ३१ आइतवार १५:५३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...