back
CTIZAN AD

बङ्गुर र मकै मिसन कार्यक्रम

वि.सं.२०७८ साउन ३१ आइतवार

792 

shares

३१ साउन, बर्दिया । बर्दियामा बङ्गुर र मकै मिसन कार्यक्रम हबका रुपमा विकास हुँदै गएको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति र आर्थिक वर्ष २०७८/७९को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका थिए । उनले गत आवमा रु १४ करोड १६ लाख ४४ हजार बजेटमध्ये गत वर्ष रु नौ करोड ५७ लाख बराबरको कार्यक्रम तथा खर्च गरेको जानकारी दिए ।

स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ मकै, आलु, बाख्रा, बङ्गुरको मूल्य शुङ्खला विकासमा अब्बल बन्दै दिगो व्यावसायिक उत्पादन सुरु भएको उनले बताए । आव २०७७/७८ मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको ६७.५६ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

आव २०७७/७८को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण गर्दै कार्यालय प्रमुख घिमिरेले करार खेती कार्यक्रममा लक्ष्यअनुसार ६० हेक्टरमा कार्यक्रम सञ्चालन भएकोमा खाद्यान्नबालीमा संलग्न कृषक क्रमशः बीउ उत्पादनतर्फ आकर्षित भएको बताए ।

यहाँको घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्क पठाइएको र स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसँगै घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्कमा पठाइएको उनले जानकारी दिए ।

बङ्गुर स्रोत केन्द्र, बङ्गुर मिसन र बङ्गुर स्मार्ट गाउँ केन्द्रित रहेको बारबर्दिया र बाँसगढी क्षेत्र बङ्गुरको हबका रूपमा विकसित भइरहेको उनले बताए । चालु आवमा सो कार्यक्रमका लागि रु १७ करोड ९३ लाख कूल बजेट छुट्टयाइएको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १५:४९ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...