back

बङ्गुर र मकै मिसन कार्यक्रम

वि.सं.२०७८ साउन ३१ आइतवार

138 

shares
NTC AD
Global IME AD

३१ साउन, बर्दिया । बर्दियामा बङ्गुर र मकै मिसन कार्यक्रम हबका रुपमा विकास हुँदै गएको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति र आर्थिक वर्ष २०७८/७९को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका थिए । उनले गत आवमा रु १४ करोड १६ लाख ४४ हजार बजेटमध्ये गत वर्ष रु नौ करोड ५७ लाख बराबरको कार्यक्रम तथा खर्च गरेको जानकारी दिए ।

स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ मकै, आलु, बाख्रा, बङ्गुरको मूल्य शुङ्खला विकासमा अब्बल बन्दै दिगो व्यावसायिक उत्पादन सुरु भएको उनले बताए । आव २०७७/७८ मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको ६७.५६ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

आव २०७७/७८को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण गर्दै कार्यालय प्रमुख घिमिरेले करार खेती कार्यक्रममा लक्ष्यअनुसार ६० हेक्टरमा कार्यक्रम सञ्चालन भएकोमा खाद्यान्नबालीमा संलग्न कृषक क्रमशः बीउ उत्पादनतर्फ आकर्षित भएको बताए ।

यहाँको घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्क पठाइएको र स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसँगै घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्कमा पठाइएको उनले जानकारी दिए ।

बङ्गुर स्रोत केन्द्र, बङ्गुर मिसन र बङ्गुर स्मार्ट गाउँ केन्द्रित रहेको बारबर्दिया र बाँसगढी क्षेत्र बङ्गुरको हबका रूपमा विकसित भइरहेको उनले बताए । चालु आवमा सो कार्यक्रमका लागि रु १७ करोड ९३ लाख कूल बजेट छुट्टयाइएको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १५:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र...

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

तुलसीपुर । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि...

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

घोराही (दाङ) । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको...

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला...