back
CTIZAN AD

एनआरएनएद्वारा आप्रवासी कामदारको अवस्था बारे स्वेतपत्र जारी (हेर्नुस् पूर्ण पाठ)

वि.सं.२०७८ साउन ३२ सोमवार

729 

shares

३२ साउन, काठमाडौँ, । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आप्रवासी कामदारको अवस्था बारे स्वेतपत्र जारी गरेको छ ।

संघले आइतबार पत्रकार सम्मेलनमार्फत आप्रवासी कामदारको अवस्था बारे यथार्थ चित्रण गर्दै वैदेशिक रोजगारका क्षेत्रलाई थप मर्यादित र सुव्यवस्थित बनाउन वैदेशिक रोजगार सम्बन्धी स्वेतपत्र जारी गरेको हो ।

श्वेतपत्रमा कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । श्वेतपत्रअनुसार वैदेशिक रोजगारिका शिलशिलामा खासगरी खाडी मुलुक, मलेसिया, कुवेतलगायत गन्तव्यमा रहेका कामदार बढी समस्यामा रहेको जनाइएको छ ।

स्वेतपत्रबारेको छोटो जानकारीसहित सार्वजनिक गरिएको सो प्रेस विज्ञप्तिमा भनिएको छ ‘यो श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरुमा नेपालीहरुको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीहरुको पुर्नएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिका लगायतका बारेमा वास्तविक रुपमा चित्रण गर्ने कोसिस गरिएको छ ।’

कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरुको लागि आवश्यक सहयोग पुर्याहउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवश्यक तालिम, कानूनी परामर्श, अलपत्रमा परेकाहरुको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरुमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने संघले अपेक्षा व्यक्त गरेको छ ।

मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्समार्फत २४ प्रतिशतको योगदान गरेका छन् । यति ठूलो योगदान भएका श्रमिकले जीवनभर कमाएर बुढेशकालमा स्वदेश फिर्ता हुँदा कुनै सामाजिक सुरक्षाको सुनिश्चितता नभएको भन्दै यसले झनै विकराल अवस्था सिर्जना भएको श्वेतपत्रले औँल्याएको छ ।

कोभिड–१९ को महामारीपछि सङ्घ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब दुई लाख नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ । आगामी दिनमा नेपाल सरकार र एनआरएनएको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार गर्ने विश्वास लिइएको छ ।

पछिल्लो सरकारी तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका लागि सरकारले खोलेका ११० देशको लागि सन् २०१९ /२०२० मा मात्रै झण्डै चार लाख नेपालीले औपचारिक रूपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रूपमा रहेको छ ।

एनआरएनएका उपाध्यक्ष डा बन्द्री केसीका अनुसार सन् २००३ देखि सन् २०२१ को अवधिमा विदेशमा करिब ७० लाख नेपाली छन् । यी मध्ये अधिकांश वैदेशिक रोजगारिका शिलशिलामा गएका हुन् । वैदेशिक रोजगारीमार्फत राज्यले झण्डै रु १० खर्ब रेमिट्यान्स भित्रिन्छ । कोभिडका कारण रेमिट्यान्स बढेको बताइन्छ ।

एनआरएनए वैदेशिक रोजगार तथा कल्याणकारी समितिका संयोजक केसीले सन् २००३ देखि नै सङ्घले वैदेशिक रोजगार मुलुक गन्तव्यलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेबारे एक कमिटीमार्फत काम गर्दै आएको बताए । अहिले पनि करिब ३० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको उनले जानकारी दिए । उनका अनुसार कोभिडका कारण एक लाख ७० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । एक लाखभन्दा बढी सङ्क्रमित भएका छन भने ४८६ जनाको मृत्यु भएको छ ।

विशेषगरी वैदेशिक रोजगारिमा रहेका खाडी मुलुक, मलेसियालगायत गन्तव्यका कामदार समस्यामा छन् । श्रम स्वीकृत नभएका कारण उनीहरू असुरक्षित छन् । घरेलु कामदार महिलाको अवस्था दयनीय छ । सक्कल कागजात नहुँदा उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जनाइएको छ । यो अवधिमा कुवेतबाट मात्रै पाँच हजार महिलाको उद्धार गरिएको उपाध्यक्ष केसीले बताए ।

एनआरएनए कोभिड–१९ राहत तथा स्वदेशफिर्ता सहजीकरणका लागि गठित समितिका संयोजक राजेन्द्र राउतका अनुसार कोभिड महामारीमा वैदेशिक रोजगारी पूर्ण रूपमा प्रभावित हुँदा मुख्य रूपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसियालगायत देशमा जाने नेपाली समस्यामा परेका छन् । हालसम्म श्रम गन्तव्य मुलुकबाट २२ हजारभन्दा बढी नेपालीलाई सहयोग गरिएको छ । कतिपय समस्यामा परेका कामदारलाई ३५० डलरसम्म टिकट काटेर स्वदेश फिर्ता गरिएको र नेपाल आएपछि घरसम्म पु¥याउने व्यवस्था मिलाइएको जानकारी दिए ।

यो अवधिमा विभिन्न मुलुकमा जेल सजाय भोगिरहेका १३५ जनालाई जेलमुक्त गरी स्वदेश फर्काइएको सङ्घले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको भएकाले विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

कोभिड–१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालालाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको हो ।

नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक एक हजारदेखि एक जहार ५०० युवा विभिन्न देशमा रोजगारीका लागि जानेगरेको बताइन्छ । नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसियालगायत देशमा बैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन् । पछिल्लो समय युरोप, क्यानडा, अमेरिकालगायत विकसित देशमा पनि उल्लेख्य सङ्ख्यामा कामदार पुगेका छन् ।

रोजगारीको सिलसिलामा वार्षिक करिब चार लाख व्यक्तिहरू श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनोट नभएकाले अल्पकालीन रणनीतिको रूपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिँदैन ।

बालुवाटारस्थित सङ्घको सचिवालयमा श्वेतपत्र सार्वजनिक गर्दै सङ्घका अध्यक्ष कुमार पन्तले कोभिड महामारीले वैदेशिक रोजगारीमा रहेको श्रमिकको कहालीलाग्दो अवस्थालाई उजागर गरेको र सरकार तथा सरोकारवालालाई समस्या समाधानका लागि श्वेतपत्रले मार्ग निर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको माग र देशको आवश्यकता भएको बताए । एनआरएनए उपाध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्था झनै दयनीय रहेको भन्दै उनीहरूको श्रम सुरक्षाका लागि विशेष अभियान चलाउन जरुरी भएको धारणा राखिन् । एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एनआरएनले सक्रिय भूमिका निर्बाह गरिरहेको बताए ।

वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतनसहित कयौँ अवसर र चुनौतीलाई समेटेर सङ्घले ल्याएको श्वेतपत्रमा श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरूमा नेपालीको अवस्था र उनीहरूले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीको पुनःएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिकालगायत बारेमा वास्तविक रूपमा चित्रण गर्ने कोसिस गरिएको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार ०९:०४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...