back
CTIZAN AD

अफगानिस्तानमा हार्यो अमेरिका, दूताबासबाट समेत निकालियो झण्डा

वि.सं.२०७८ साउन ३२ सोमवार

672 

shares

साउन ३२, काठमाडौं । काबुलस्थित दूतावासबाट अमेरिकाले आफ्नो झण्डा हटाएको छ । अमेरिकी विदेश मन्त्रालयका एक कर्मचारीले रोयर्टसलाई बताएअनुसार माथिल्लो तहका अधिकारीको निर्देशनपछि झण्डा हटाइएको हो ।

अहिले सबै कर्मचारीहरुलाई स्वदेश फिर्ताको लागि एयरपोर्ट पुर्‍याएको रोयर्टसले जनाएको छ । यसैबीच आफ्नो नागरिकलाई सुरक्षित अमेरिका फिर्ता लैजान अमेरिकी राष्ट्रपतिले थप एक हजार सैनिकलाई अफगानिस्तान पठाउने निर्णय गरेका छन् । जससँगै अफगानिस्तामा अमेरिकी सैनिक ६ हजार हुनेछन् ।

दूतावासबाट अमेरिकी झण्डा हटाइएसँगै र उसले समर्थन गरेको राष्ट्रपति अशरफ गनी देश छोडेर भागेसँगै राष्ट्रपति जो बाइडेनमाथि गम्भीर सवाल उठेको छ । यसलाई अमेरिकाको हारको रुपमा पनि व्याख्या गरिन थालेको छ ।

केहि दिन अमेरिकी सेना अफगानिस्तामै रहने

अमेरिकाले आफ्ना ६ हजार सैनिकलाई भने आज नै फिर्ता नगर्ने भएको छ । रोयर्टसले जनाएअनुसार ६ हजार सैनिकले केहि समय अफगानिस्तानमा हवाई ट्राफिक कन्ट्रोलको काम सम्हाल्नेछन् ।

उसले आफ्ना सबै नागरिकलाई फिर्ता नगरुन्जेल सेनालाई फिर्ता गराउने छैन् । हाल अफगानिस्तानमा हजारौं संख्यामा अमेरिकी नागरिक रहेका छन् । साथै उसका समर्थक र कर्मचारी पनि छन् ।

अमेरिकाले आफ्ना नागरिकसँगै समर्थकलाई पनि सुरक्षित अमेरिका लैजाने तयारी गरेको छ । जनाइएअनुसार अमेरिकी समर्थन प्राप्त सरकारलाई सहयोग गर्ने २ हजार अफगानी नागरिकलाई पनि उसले अमेरिका लैजाने छ ।

२ हजार अफगानी नागरिकमा राजनीतिक नेता, कर्मचारी, सुरक्षाकर्मीलगायत रहेको बताईएको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १३:४० मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...