३२ साउन, काठमाडौँ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ ।
फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई कर सहित ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साउन ३१ गते बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७८ साउन ३२ सोमवार १४:३७ मा प्रकाशित

























