३२ साउन, काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ५ दशमलव ७५ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर ३१६० दशमबल ०९ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ५६ अंकले बढेर ५९२ दशमलब ९३ अंकमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२७ कम्पनीका १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैंयाँ बराबरका २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ५९ हजार ९३ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा नेशनल हाईड्रोपावर, नेपाल बैंक, एचआईडिसिएल, ङादी ग्रुप, अपि पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सनराईज फस्र्ट म्यूचल फण्ड, नेशनल हाईड्रोपावर, नेपाल बैंक, एचआईडिसिएल, अपि पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै कमाउनेमा नेशनल हाईड्रोपावर, कर्पोरेट डेभल्पमेन्ट बैंक, रिडी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, जिवन विकास लघुवित्त लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । यी सबै कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन ।
त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा आईसिएफसि फाइनान्स, माउन्टेन इनर्जी, युनियन लाइफ इन्स्योरन्स, ङादी ग्रुप, नेपाल एसबिआई बैंक लगायतकाहरु लगानीकर्ताहरु परेका छन ।
आज भएको कारोबारमा ८८ कम्पनी लागनीकर्ताले कमाउदाँ ९१ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ६ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७८ साउन ३२ सोमवार १५:१९ मा प्रकाशित

























