back
CTIZAN AD

डा. ओम मूर्ति अनिल भन्छन्–यी समस्या भएका व्यक्तिले दूध पिउनु हुँदैन

वि.सं.२०७८ साउन ३२ सोमवार

1.4K 

shares

३२ साउन, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले दूध अत्यन्तै पोषणयुक्त तत्व पाइने पर्दाथ भए पनि केही त्यस्ता व्यक्तिहरुले भने यसको सेवन नगर्दा नै राम्रो हुने बताउछन् ।

दूध अत्यन्तै पोषणयुक्त खानेकुरा हो भन्नेमा दुई मत नभएको बताउछन् डा. अनिल । तर विशेष गरेर ग्रामिण भेगमा काम गने तथा मेहनत गर्ने व्यक्तिरुलाई दूत सेवन अत्यन्तै महत्वपूर्ण हुन्छ ।

‘दूधमा केही यस्ता कुराहरु पनि छन् जसका बारेमा हामीले बुझ्न जरुरी छ कि सबै व्यक्तिका लागि दूध राम्रो नहुन पनि सक्छ,’ उनी भन्छन्, ‘कोही व्यक्ति गाउँमा बस्नुहुन्छ, कति शारीरिक श्रम गर्नुहुन्छ, कति मेहनत गर्नुहुन्छ, पोलुसन कति छ तनाव कति छ अनि लक्जरी कति छ भन्ने कुरामा नै भरपर्छ कि त्यो व्यक्तिलाई रोग कति लाग्छ । दूध वा घिउको सेवनले उहाँलाई हानी नर्गन सक्छ ।’

तर, सहरमा बस्नेहरुका लागि भने यो फरक हुने बताउँछन् डा. अनिल । सहरमा पोलुसन, तनाव, खानपिन लगायतका वातावरणमा पुरानो तथा गाउँको कुरालाई मनमा राख्दा ठूलो भूल हुन सक्ने उनी बताउँछन् ।

‘किन भने, दूधमा स्याचुरेटेड फ्याट र क्यालोरी बढी हुन्छ । बच्चा, कुपोषण भएका व्यक्ति, रोगीहरु, बुद्धबृद्धा, गर्भास्थामा रहेकाहरु, सुत्केरी महिला जसलाई क्यालोरीको मात्रा बढी चाहिन्छ उनीहरुका लागि दूध अत्यन्तै लाभकारी कुरा हो,’ डा. अनिलले सामाजिक संजाल फेसबुकमा भिडियोमार्फत् भनेका छन्,‘तर अन्य बाँकी व्यक्तिले आफ्ना लागि दूध पिउनु कत्तिको जरुरी हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

दूधमा क्यालोरीको मात्रा उच्च हुने हुनाले यसले मोटोपन बढाउने, ट्राइगिल्सराइड र कोलेस्ट्रोल पनि बढ्ने हुन्छ । यदि तपाईलाई ट्राइगिल्सराइड र कोलेस्ट्रोल छैन भने दैनिक एक लिटर दूध खान सकिने डा. अनिल बताउँछन् ।

उनका अनुसार सहरमा बस्ने मानिसमा ट्राइगिल्सराइड र कोलेस्ट्रोल बढाउने प्रमुख कारण दूध हो ।

त्यस्तै दिनभरी विभिन्न प्रकारका खानेकुरा पनि खाने र सुत्ने बेलामा दूध पनि खानुहुन्छ भने त्यसले पनि समस्या बढाउँछ । सोहि क्यालोरी दिनमा खाँदा भने हुने बताउँछन् डा. अनिल ।

‘त्यहि क्यालोरी दिनमा खानु भयो भने त्यो पाचन प्रक्रियामा सहज हुन्छ । तर, भात, दाल तरकारी राति ८ बजे खानु भयो अनि फेरि उच्च क्यालोरी भएको खाना खाँदा यसले तपाईको टिजी र कोलेस्ट्रोल बढ्ने तथा त्यसले वेट बढाउँछ । अधिकांश व्यक्तिहरुको वेट बढी छ । झण्डै ६० देखि ७० प्रतिशत मानिसहरुको तौल बढी छ । समग्रमा भन्दा दूध नखानु भयो भने सहरी भेगमा वस्ने व्यक्तिलाई फाइदा हुन्छ ।’

त्यसैगरी दूध नखाँदा क्याल्सियम कम हुने भन्ने कुरा आए पनि क्याल्सियमका लागि ट्यावलेट खान सकिने पनि उनी सुझाव दिन्छन् ।

उनले दूध खाँदा दिनमै खाने र थोरै मात्रामा खान सकिने बताउँछन् । उनी भन्छन्– ‘रातिको बेला दूध खाँदै नखानुस् । ’

त्यस्तै भैसीको दूध भन्दा गाईँको दूध फाइदाजनक हुने उनी बताउँछन् । उनका अनुसार भैसीको दूधमा भन्दा गाईको दूधमा फ्याट कम हुन्छ । साथै दूध हालेको चिया धेरैमात्रामा खाँदा पनि त्यसले ट्राइगिल्सराइड बढाउँछ । उनका अनुसार दूध भन्दा बिभिन्न दृष्टिकोणले दही पनि फाइदाजनक हुन्छ ।

 

 

वि.सं.२०७८ साउन ३२ सोमवार १४:१७ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...