back
CTIZAN AD

बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा छानिए यी खेलाडीहरु

वि.सं.२०७८ भदौ १ मंगलवार

630 

shares

१ भदौ, काठमाडौँ, । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सोमबार १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राखेका हुन् । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनशिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ ।

बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरूमा भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमाल, विशाल सुनार, रन्दीप पौडेल, राजीव लोप्चन, सञ्जोग राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदम्बे र विक्रम लामा रहनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरूमा किरण लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा, अभिषेक रिजाल र शिशिर लेखी रहेका छन् ।

फुटबल टोलीले हाल पोखरा रङ्गशालामा अभ्यास गरिरहेको छ । उक्त टोलीले साफ च्याम्पियन अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपालले दशरथ रङ्गशालामा भारतसित आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एशियाली फुटबल महासङ्घसमक्ष प्रस्ताव राखेकामा माल्दिभ्सले अनुमति पाएको हो ।

यसअघि १३औँ संस्करणको साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको थियो । बङ्गलादेशले कोरोनाका कारण साफ च्याम्पियनशिप आयोजना गर्न नसक्ने जनाएको थियो । नेपालले सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरेको थियो । माल्दिभ्सले भने सन् २००८ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला माल्दिभ्सले श्रीलङ्कासित मिलेर संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।

pic :ANFA

वि.सं.२०७८ भदौ १ मंगलवार ०८:२५ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...