back
CTIZAN AD

शीतल निवासको पखाईमा माधव समूह, अध्यादेश जारीलगत्तै आयोग जाने

वि.सं.२०७८ भदौ २ बुधवार

648 

shares

भदौ २, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको समूहले नयाँ दल दर्ता गर्ने भएको छ । राष्ट्रपति कार्यालयबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरे लगत्तै समूहले नयाँ दल दर्ताको निवेदन दिने भएको हो । माधव पक्षका नेता मेटमणि चौधरीले संसार न्यूजलाई बताएअनुसार नयाँ दल दर्ताको लागि सबै तयारी पुरा भईसकेको छ ।

‘हामी अब ओली नेतृत्वको एमालेमा रहेनौं, नयाँ दल दर्ताको सबै तयारी पुरा गरिसकेका छौं’, चौधरीले संसार न्यूजसँग भनेका छन्, ‘अध्यादेश जारी भएलगत्तै हामी निर्वाचन आयोगमा जान्छौं । ’

उनका अनुसार पार्टीको नाम र चुनाव चिन्हबारे निर्णय भईसकेको छ । पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने निर्णय भएको उनले बताए । उनका अनुसार पार्टीको चुनाव चिन्ह भने कलम प्रस्ताव भएको छ ।

नयाँ दल दर्ताको लागि ५७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको उनले जानकारी दिएका छन् । हालसम्म २५ जना सांसदको हस्ताक्षर भएको पनि उनले सुनाए ।

सम्बन्धित समाचार

पार्टीको नाम र चुनाव चिन्हसहित माधव पक्ष तयार, यस्तो नयाँ पार्टीको खाका

वि.सं.२०७८ भदौ २ बुधवार १३:१५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...