back
CTIZAN AD

तेस्रोलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने माग

वि.सं.२०७३ फागुन ११ बुधवार

786 

shares

११ फागुन, पथरी, मोरङ । समलिङ्गी तथा तेस्रोलिङ्गीको विवाहलाई कानुनले मान्यता दिनेखालको ऐन ल्याउनुपर्ने उनीहरुले राज्यसँग माग गरेका छन् ।

नीलहिरा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा समलिङ्गीको विवाहलाई कानुनी मान्यता नदिँदा लुकेर बस्नुपर्ने बाध्यता रहेको जानकारी दिँदै उनीहरुले तत्काल मान्यता हुनेखालको ऐन ल्याउनुपर्ने माग गरेका हुन् ।

नीलहिरा समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले मोरङमा ११ हजारको सङ्ख्यामा समलिङ्गी तथा तेस्रोलिङ्गी रहेको जानकारी दिँदै समलिङ्गीले पनि महिला पुरुष सरहको विवाह जस्तै मान्यता दिनुपर्ने माग गर्नुभयो । समलिङ्गीको सन्तान नहुने भएको हुनाले धर्म सन्तान राख्न पाउने व्यवस्था ऐनमा उल्लेख गर्नुपर्ने उहाँको भनाई थियो ।

निलहिरा समाजका सञ्चार अधिकृत माधव दुलालले कानुनले समलिङ्गीहरुको बीचको विवाहलाई कानुनी मान्यता नदिँदा देशभरी एकसयभन्दा बढी समलिङ्गी जोडी लुकेर बस्नुपरेको अवस्था रहेको जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन ११ बुधवार ०४:१६ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...