back
CTIZAN AD

भेलापछि नौ नेताहरुले फेरि पनि निकाले संयुक्त प्रेस वक्तव्य (हेनुर्स वक्तव्यको पूर्णपाठ)

वि.सं.२०७८ भदौ ५ शनिवार

609 

shares

५ भदौ, काठमाडौँ । अन्तिम समयमा आएर माधव नेपालको साथ छाडेका नेताहरुको पहल सम्पन्न भेलाले पार्टी एकतामै जोड दिने निष्कर्ष निकालेकाे छ ।

पार्टी एकताका लागि मध्यस्थता गरिरहेका नेताहरुको शुक्रबार काठमाडौंमा आयोजित भेलाले अझै पनि समय रहेको भन्दै नेकपा एमाले भित्र देखिएको समस्यालाई हल गर्दै पार्टी एकतामै जोड दिने निष्कर्ष निकालेका हुन् ।

केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता र सहमतिमा सम्पन्न उक्त भेलापछि मध्यस्तथता गरिरहेका नौ नेताहरुले संयुक्त प्रेस वक्तव्य जारी गरी फेरि पनि पार्टी अध्यक्षको तर्फबाट विवेक र जिम्मेवारीबोधका साथ १० बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । अघिल्लो दिन पनि संयुक्त प्रेस वक्तव्य जारी गरी नौ नेताहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका थिए ।

साथै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जना सांसदमाथिको कार्वाई फिर्ता गर्न अनुरोध गर्दै उनीहरुबाट पार्टी खोल्नको लागि निर्वाचन आयोगमा शुरु गरिएको प्रक्रिया तत्काल रोकियोस् भन्ने आग्रह समेत गरिएको छ ।

पार्टीको एकतालाई जोगाउनको लागि कुनैपनि पक्षबाट गालिगलौज, अशिष्ट र अमर्यादित भाषा र व्यवहार गर्न नहुनेमा जोड दिएका छन् ।

नवौँ राष्ट्रिय महाधिवेशनले दिएको अभिभारा पुरा गर्नुपर्ने अवस्थामा विभाजित हुने स्थिति उचित नभएको भन्दै पार्टीको एकतालाई जोगाउँदै राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) को जिम्मेवारपूर्ण भूमिकालाई कायम राख्नको लागि पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई अपिल गरिएको छ ।

‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्ने नवौं राष्ट्रिय महाधिवेशनले दिएको अभिभारा पूरा गर्नुको साटो नेकपा (एमाले) नै विभाजित हुने स्थिति कदापी उचित हुनसक्दैन । यसतर्फ जिम्मेवार नेतृत्वको गम्भीर ध्यान जानुपर्छ । आज देश, जनता र पार्टीको आवश्यकता असमझदारी, द्वन्द्व र विभाजन होइन, समझदारी, मेलमिलाप र एकता हो । पार्टीको एकतालाई जोगाउँदै राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) को जिम्मेवारपूर्ण भूमिकालाई कायम राख्नको लागि पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई सक्रियताका साथ योगदान गर्न हामी हार्दिक आव्हान गर्दछौं ’ वक्तव्यमा भनिएको छ ।

यस्तो छ वक्तव्य
मितिः २०७८।५।४
आज २०७८ साल भाद्र ४ गते नेकपा (एमाले)को केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता र सहमतिमा काठमाण्डौमा भेला सम्पन्न भयो । भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा नेकपा (एमाले) को एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्षका साथ निम्न बमोजिमको संयुक्त वक्तव्य प्रकाशित गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वाधीनता, स्वाभिमान, समृद्धि, लोकतन्त्र, सामाजिक न्याय र जनताको हितको लागि कटिबद्ध रही निरन्तर क्रियाशील नेकपा (एमाले)मा अहिले विभाजनको संकट आइलागेको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भई नेकपा (एमाले) पुनर्जीवित भएपछि आन्तरिक विवाद र अन्तरविरोधको समाधान गर्दै पार्टीलाई पुनः एकताबद्ध र जीवन्तरुपमा अगाडि बढाउनु सबैको, विशेषतः जिम्मेवार नेतृत्वको, दायित्व थियो । तर त्यस दिशामा समयमै पाइला चालिएन । ढिलोगरी गठित कार्यदललेपेश गरेकोसहमतिको सिफारिशले पार्टी एकताका लागि बलियो आधार प्रदान गरेको थियो । तर जिम्मेवार नेतृत्व तहबाट त्यस सिफारिशलाई गम्भीररुपमा लिएर कार्यान्वयन नगरिदा पार्टी विभाजनतर्फ धकेलिएको छ । अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुन्छ । त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नु पर्छ ।

राजनीतिक स्थायित्व र लोकतन्त्रलाई सबल तुल्याउनको लागि राजनीतिक दलको विभाजनका सम्बन्धमा संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्यहरुको समर्थन आवश्यक पर्ने कानूनी व्यवस्थालाई संसद छलेर अध्यादेशद्वारा संशोधन गरिएको छ । यस संशोधनमा २० प्रतिशत संख्या कायम गरी सहजै पार्टी विभाजन हुनसक्ने गरी भएको व्यवस्था नेपालको कम्युनिष्ट आन्दोलन रलोकतन्त्रको हीतमा हुनसक्दैन । देश र जनताको आकांक्षा र विगतमा राजनीतिक दलहरु स्वयंले गरेको प्रतिबद्धता विपरीत आएको उक्त अध्यादेश खारेज हुनुपर्छ ।

कम्युनिष्ट पार्टीको विगतको आरोह–अवरोहपूर्ण इतिहासले एकताको वातावरणमा सफलता र उपलब्धिहरु हासिल भएको र फुट एवम् मतभेद चर्केको अवस्थामा असफलता र धक्काका अत्यन्त पीडादायी परिणाम भोग्नुपरेको तथ्य छर्लङ्गै छ । अतः पार्टी विभाजनबाट कसैको पनि हित नहुने तथ्यलाई मनन गर्दै पार्टी अध्यक्षको तर्फबाट विवेक र जिम्मेवारीबोधका साथ १० बुँदे सहमतिलाई यसको अक्षर र भावना अनुरुप तत्काल कार्यान्वयन गरियोस्। साथै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जना सांसदमाथिको कार्वाई फिर्ता गरियोस् र उहाँहरुबाट पार्टी खोल्नको लागि निर्वाचन आयोगमा शुरु गरिएको प्रक्रिया तत्काल रोकियोस्भनी हामी हार्दिक आग्रह गर्दछौं ।

पार्टीको एकतालाई जोगाउनको लागि कुनैपनि पक्षबाट गालिगलौज, अशिष्ट र अमर्यादित भाषा र व्यवहार गरिनुहुन्न । राजनीतिक, वैचारिक विषय तथा देश र जनताको हित साधनामा भएका एवम् हुने कामकुराको आधारमा आफ्नो औचित्य साबित गरिनुपर्छ । हामी देश र जनताको सर्वोपरी हितको लागि नेकपा (एमाले) को आन्तरिक एकतालाई महत्वका साथ जोड दिदै त्यसको प्राप्तिका लागि निस्वार्थरुपमा क्रियाशील छौं । यसका लागि हामी सम्बद्ध सबै नेताहरु वा पक्षसंग निरन्तर संवाद गर्दै आएका छौं र यसलाई जारी राख्नुपर्छ भन्ने मान्यता राख्दछौं ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्ने नवौं राष्ट्रिय महाधिवेशनले दिएको अभिभारा पूरा गर्नुको साँटो नेकपा (एमाले) नै विभाजित हुने स्थिति कदापी उचित हुनसक्दैन । यसतर्फ जिम्मेवार नेतृत्वको गम्भीर ध्यान जानुपर्छ । आज देश, जनता र पार्टीको आवश्यकता असमझदारी, द्वन्द्व र विभाजन होइन, समझदारी, मेलमिलाप र एकता हो । पार्टीको एकतालाई जोगाउँदै राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) को जिम्मेवारपूर्ण भूमिकालाई कायम राख्नको लागि पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई सक्रियताका साथ योगदान गर्न हामी हार्दिक आव्हान गर्दछौं ।

भेलाको तर्फबाट हस्ताक्षर गर्ने स्थायी कमिटीका पदाधिकारी र सदस्यहरुः
युवराज ज्ञवाली – उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य – उपाध्यक्ष
भीम रावल– उपाध्यक्ष
घनश्याम भुसाल– उपमहासचिव
भीम आचार्य– सचिव
गोकर्ण बिष्ट– सचिव
योगेश भट्टराई – सचिव
सुरेन्द्र पाण्डे– स्थायी कमिटी सदस्य
रघुजी पन्त–स्थायी कमिटी सदस्य

वि.सं.२०७८ भदौ ५ शनिवार ०९:२२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...