back
CTIZAN AD

एनआरएनएको ‘दसौं विश्व सम्मेलन’ गर्न सरकारले गठन गर्यो आयोजक समिति

वि.सं.२०७८ भदौ ५ शनिवार

777 

shares

५ भदौ, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलन गर्न सरकारले आयोजक समिति गठन गरेको छ ।
कात्तिक ६–८ मा काठमाडौंमा हुने उक्त सम्मेलनका लागि परराष्ट्रमन्त्री अध्यक्ष रहनेगरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको हो ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहने उल्लेख गरेको छ ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक-सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ ।

प्रत्येक दुई वर्षको अन्तरालमा नेपालमा आयोजना हुने गैर–आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन २०७६ साल असोज २८-३० मा काठमाडौंमा भएको थियो ।

 

वि.सं.२०७८ भदौ ५ शनिवार ०९:४१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...