back
CTIZAN AD

अफगानिस्तानबाट ४६१ जना नेपाली नागरिकहरूको उद्धार

वि.सं.२०७८ भदौ ५ शनिवार

747 

shares

५ भदौ, काठमाडौँ । शुक्रबार साँझ सम्म अफगानिस्तानबाट ४६१ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबार मात्र जजिरा एयरको कुवेत–काठमाडौ नियमित उडानबाट थप १६५ जना स्वदेश आएका समेत गरी हालसम्म कूल ४६१ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन् ।

मन्त्रालयले अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको जानकारी दिँदै थप ९ जना नियमित उडानबाट काठमाण्डौ आउने क्रममा रहेको जनाएको छ।

त्यस्तै कन्सुलर सेवा विभागको वेव पोर्टलमा शुक्रबार सांझ ५ बजेसम्म ३१० जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेको बताइएको छ ।
उद्धार भई स्वदेश आउनेहरूमा बिभिन्न कूटनीतिक नियोगहरूमा काम गर्नेहरू अतिरिक्त अनौपचारिक क्षेत्रमा काम गरिरहेका पनि केही छन्।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाईन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा Situation Room मा नाम टिपाएका नेपालीहरूलाई सम्पर्क गरी उनीहरू हाल रहेका स्थान अनुसार समुहीकृत सुची तयार गरिएको र उक्त समुहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भैरहेको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा नै रहेकार आफ्नो नाम दर्ता नगराएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू : ९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), ९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय),९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र ९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएको छ ।

साथै, नाम टिपाएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न शुक्रबार सो मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको पाँचौ बैठक बसेको थियो ।

 

वि.सं.२०७८ भदौ ५ शनिवार १०:०१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...