back
CTIZAN AD

यस्तो छ महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनकाे पूर्ण पाठ

वि.सं.२०७८ भदौ ५ शनिवार

750 

shares

५ भदौ, काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६/०७७ सरकारी निकाय तथा कार्यालयहरुले गरेका खर्चको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार आव २०७६र०७७ मा ४ खर्ब १८ अर्ब बढी बेरुजु देखिएको छ ।

प्रतिवेदन अनुसार कार्यालयले कुल ५३ खर्ब २७ अर्ब ९१ करोड भन्दा बढीको लेखा परीक्षण गरेको हो । यसमा ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बेरुजु रहेको देखिएको प्रतिवेदनमा जनाइएको छ । कार्यालयले ३ हजार ७९ संघीय सरकारी निकाय तथा कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँको लेखापरीक्षण गर्दा ४४ अर्ब ३९ करोड बेरुजु देखिएको छ ।

यसैगरी १ हजार १९ प्रदेश निकाय र कार्यालयहरूको २ खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षण गर्दा ६ अर्ब ५० करोड बेरुजु रकम रहेको पाइएको छ । ५८४ समिति तथा अन्य संस्थाको १ खर्ब ६३ अर्व ५७ करोडको लेखापरीक्षणबाट १२ अर्ब ६६ करोड र ६९९ स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट ४० अर्ब ८३ करोड बेरुजु देखिएको हो । सार्वजनिक संस्थाको २५ खर्ब ५५ अर्ब १३ करोडको लेखापरीक्षण सम्पन्न गरिएको प्रतिवेदनले जनाएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ३२ करोडमा फर्छ्यौट तथा समायोजन गरिएको अंक १ खर्ब ३ अर्ब ८५ करोड घटाई यो वर्ष थप भएको १ खर्ब ४ अर्ब ३८ करोडसमेत ४ अर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बाँकी रहेको देखिन्छ ।

कार्यालयका अनुसार यो वर्ष लेखापरीक्षणबाट ६ अर्ब १७ करोड रुपैयाँ असुल भएको छ भने अध्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम गत वर्षसम्म ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ४१ करोड पुगेको छ ।

वि.सं.२०७८ भदौ ५ शनिवार १२:३१ मा प्रकाशित

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...