back
CTIZAN AD

बिहादी र पैयुँका माओवादीहरुको काठमाडौँमा कमिटी गठन

वि.सं.२०७८ भदौ ५ शनिवार

1K 

shares

५ भदौ, काठमाडौँ । गण्डकी प्रदेश पर्वत जिल्लाको दक्षिणी भेग बिहादी र पैयुँ गाउँपालिकाका माओवादीहरुले काठमाडौँमा जनसम्पर्क मञ्च निर्माण गरेका छन् ।

पर्वत–काठमाडौँ जनसम्पर्क मञ्चका सचिव अशोक पौडेलका अनुसार उक्त दुई पालिकाबाट काठमाडौंमा रहेका नेकपा (माओवादी केन्द्र)का समर्थकहरुको भेलाले सो सम्पर्क मञ्च गठन गरेको हो ।

पौडेलका अनुसार दुई सदस्य पछि थप्ने गरी १९ सदस्यीय बिहादी–काठमाडौँ जनसम्पर्क मञ्च गठन गरिएको छ भने पैयुँ–काठमाडौँ जनसम्पर्क मञ्चमा दिलप्रसाद गौतम सल्लाहकार र चन्द्र थापा संयोजक रहेको ११ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ ।

एकनारायण भुसाल अध्यक्ष र सीता भुसाल सचिव रहेको १९ सदस्यीय बिहादी–काठमाडौँ जनसम्पर्क मञ्चमा युवराज भुसाल, नेत्र भट्टराई, मधुसुदन न्यौपाने, नविन न्यौपाने, जयनारायण न्यौपाने, टंक न्यौपाने, गगनबहादुर क्षेत्री, रामप्रसाद न्यौपाने, पर्सुराम सापकोटा,  यामकला काफ्ले, रामबहादुर नेपाली, नेत्र पराजुली, विष्णु भट्टराई, विन्दु बस्याल र विक्रम न्यौपाने रहेका छन् ।

यसैगरी चन्द्र थापा संयोजक रहेको पैयुँ–काठमाडौँ भेला आयोजक समितिमा घनलाल काफ्ले सचिव, हरि बस्याल, इन्द्रबहादुर क्षेत्री, ख्याम भुर्तेल, अमृत काफ्ले, घनश्याम काफ्ले, सन्दिप बस्याल, सविना क्षेत्री, युवराज बस्याल र फर्सुराम भुर्तेल सदस्य रहेका छन् ।

बिहादी–काठमाडौँ जनसम्पर्क मञ्चका संयोजक एकनारायण भुसालको अध्यक्षता, सुवाष लामिछानेको संचालन, कर्मचारी महासंघका सचिवालय सदस्य दीपक तिवारी, बुद्धिजीवी संगठनका एकनारायण काफ्ले, मञ्चका सल्लाहकार नेत्र न्यौपाने, पर्वत काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष शिवलाल पुरी, सचिव अशोक पौडेल, कोषाध्यक्ष कमल रिजाल र विकास सोनी लगायतका पदाधिकारीहरु उक्त कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य गुणाखर बस्यालले काठमाडौँमा रहेका पर्वतेलीहरुले आन्दोलनमा पु¥याएको योगदान, बामबुद्धिजीवी निलकण्ठ तिवारीले जनयुद्ध र गणतन्त्रका लागि बिहादी, पैयुँ र पर्वतका व्यक्तिहरुले पु¥याएका भूमिकाको स्मरण, गण्डकी प्रदेश जनसम्पर्क मञ्चकी संयोजक तारा कुमालले संगठनात्मक संरचना र अभिभारा, गणतान्त्रिक मञ्चका पूर्वअध्यक्ष उमाकान्त भूर्तेलले मञ्चको गठन र इतिहास, बाम बुद्धिजीवी भरत शर्माले क्रान्तिकारीहरुको पहिचान र संगठनात्मक प्रणाली, कर्मचारी महासंघका नेता यामबहादुर बस्यालले माओवादी दर्शन र व्यवहारको संक्षिप्त व्याख्या तथा नेकपा (माओवादी केन्द्र) पर्वतका सचिवालय सदस्य श्रृषिराम भुसालले पर्वतको आन्दोलनमा काठमाडौंमा रहनेहरुको भूमिका र सम्बन्धका बारेमा भनाइ राखेका थिए ।

मञ्चका इन्चार्ज धर्मागत भुसाल र पूर्वअध्यक्ष चोकनारायण काफ्ले लगायतले शुभकामना मन्तव्य दिएको सो कार्यक्रममा हातेमालो अभियन्ता यामकला शर्माद्वारा गीत तथा साइनो अभियन्ता बालकुमार क्षेत्रीद्वारा पर्वतको पहिचान खुल्ने कविता बाचन गरिएको थियो ।

कार्यक्रममा शहिद कृष्ण गौतमका भाइ निलकण्ठ गौतम, दाजु दिलप्रसाद गौतम, अधिवक्ता एकनारायण काफ्ले, भविश्वर पौडेल, इन्जिनियर मधुसुदन न्यौपाने तथा पत्रकार भुपराज भुसाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७८ भदौ ५ शनिवार २१:१० मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...