back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २०७५ कोरोना संक्रमित, ३० जनाको मृत्यु

वि.सं.२०७८ भदौ ५ शनिवार

717 

shares

५ भदौ, काठमाडौं । आज देशैभरी २०७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७०३ पिसीआर र ५३७२ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १३ हजार ७५ नमुना परीक्षणमा २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना गरी उपत्यकामा आज ६६७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २,३८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार १५ जना होमआइसोलेशन र ३,३०६ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७१८ जना र भेन्टिलेटरमा १६६ जनाको उपचार भइरहेको छ ।

त्यस्तै शनिवार देशैभरी ६३ लाख ९६३ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४२ लाख २२ हजार ४०४ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख १९ हजार ४७९ पुगेको छ ।

कोरोना संक्रमणबाट आज देशैभरी ३ हजार ४२ जना संक्रमित, २६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ ५ शनिवार १७:४५ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...