back
CTIZAN AD

कोरोना संक्रमणबाट आज देशैभरी ३ हजार ४२ जना संक्रमित, २६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ ४ शुक्रवार

666 

shares

४ भदौ, काठमाडौं । आज देशैभरी ३०४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पिसीआर र ७,१२४ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १७ हजार ६५४ नमुना परीक्षणमा ३०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौंमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जना गरी उपत्यकामा आज ८९८ जना नयाँ संक्रमित थपिएका छन् । बुधवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही कमी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २,२४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । बिहीवारको तुलनामा आज मृत्यु हुनेको संख्या केही घटेको हो ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार ९२२ जना होमआइसोलेशन र ३,३८७ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७१४ जना र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ । मन्त्रालायद्धारा जारी विवरण अनुसार आज आइसीयुमा उपचार गराउनको संख्या घटेको र भेन्टिलेटरमा केही बढेको छ ।

त्यस्तै शुक्रवार देशैभरी १ लाख ८० हजारले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४२ लाख ९ हजार ३६९ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ४०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिए ३ हजार ७५ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

 

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:४१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...