back
CTIZAN AD

‘कृषिबाटै अर्थतन्त्र बलियो बनाउन सकिन्छ’, पद्माकुमारी अर्याल

वि.सं.२०७८ भदौ ५ शनिवार

675 

shares

५, भदौ, काठमाडौं । पूर्वमन्त्री पद्माकुमारी अर्यालले कृषिबाटै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएकी छन् । वालिङ नगरपालिका–२ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी संस्थाले गरेको बाख्रा पवद्र्धन कार्यक्रममा पूर्वमन्त्री अर्यालले कृषिमा आधुनिकीकरण गर्दै व्यावसायिक कृषि कर्म गरेमा कृषकसँगै देशको अर्थतन्त्र माथि उठाउन सकिने बताएकी हुन्।

उनले सबै वडा कृषि उपजमा आत्मनिर्भर बनाउन आफू कृषिमन्त्री हँुदा थुप्रै कार्यक्रम ल्याएको र ती कार्यक्रमलाई निरन्तरता दिनसके किसानको आयआर्जनमा वृद्धि हुने बताइन् । दूध, अण्डा, मासु र तरकारीजन्य वस्तु मात्र अर्बौँको आयात हुने गरेको अवस्थामा समूहमार्फत व्यावसायिक कृषि गर्दै आयातलाई रोक्नु अहिलेको आवश्यकता रहेको पूर्वमन्त्री अर्यालको भनाइ थियो । कृषकले माटो सुहाउँदो फलफूल तथा तरकारी नलगाएकै कारण कृषकको आम्दानीमा कमी आएको उनले बताइन् ।

वि.सं.२०७८ भदौ ५ शनिवार २१:५९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...