back
CTIZAN AD

लघुवित्तका सञ्चालकको आयोजनामा सिइओको सम्मेलन

वि.सं.२०७८ भदौ ६ आइतवार

672 

shares

६ भदौँ, काठमाडौँ । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपाल (एमफान) ले पहिलोपटक लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।

काठमाडौँमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । सम्मेलनमा सहभागी सिइओ र विज्ञ तथा सङ्घका पदाधिकारीका बीच भएको बृहत् छलफलपछि प्रतिबद्धतापत्र जारी गरिएको उनले बताए ।

प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी नियुक्त गर्नु पूर्वअघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने, कर्मचारीको दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्नेलगायतका विषय समेटिएका छन् ।

त्यसैगरी सूचना प्रविधिको अधिकतम प्रयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शीरुपमा कारोबारलाई जानकारी दिने प्रतिबद्धता पनि सिइओले गरेका छन् । उनीहरुले लघुवित्त बैंक र शाखाका बीचमा अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सम्मेलनमा देशभरका लघुवित्त वित्तीय संस्थाका करिब ४० सिइओको सहभागिता रहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत रविन पोखरेलले जानकारी दिए । सहभागी प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव तथा लघुवित्त विज्ञ डा मानबहादुर विक र लघुवित्त विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा भरतसिंह थापाले प्रशिक्षण दिएका थिए।

त्यसैगरी माइक्रो फाइनान्सका अध्येता तथा पाडोभा विश्वविद्यालयका प्राध्यापक अर्लभटो लाजाभेचियाले जुममार्फत प्रशिक्षण दिएका थिए ।

वि.सं.२०७८ भदौ ६ आइतवार ११:१६ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...