६ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आईतवार थप ७ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ३, स्याङजाका २ तथा म्याग्दी र तनहुँका १÷१ जना गरी ७ जनाको मृत्यु भएको हो ।
आइतवार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २३९ पुगेको छ ।
त्यस्तै प्रदेशमा आइतवार म्याग्दीमा ३१, गोरखामा १७, लमजुङमा ९, तनहुँमा २५, कास्कीमा १७५, वाग्लुङमा २, स्याङजामा २१ र नवलपरासीपूर्वमा ८ जना गरी २८८ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १४८ जना महिला र १४० जना पुरुष रहेका छन् शनिवार थपिएका २८८ जनासँगै प्रदेशमा हालसम्म ७८ हजार ७५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७१ हजार ५११ जना निको भइसकेका छन् । आइतवार ६७८ जना संक्रमणबाट मुक्त भएका छन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ४,९६७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४५८१ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहको निर्देशनालयले जनाएको छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार १८:०५ मा प्रकाशित




























