back
CTIZAN AD

महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

वि.सं.२०७८ भदौ ७ सोमवार

573 

shares

७ भदौँ, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी छनोट गरिएको जानकारी दिए । बन्द प्रशिक्षणका लागि बिनु बुढामगर, रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, करुणा भण्डारी र सरिता मगरलाई छनोट गरिएको छ ।

एशिया छनोट आगामी मङ्सिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले खेल्ने एशिया छनोटमा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युनाइटेड अरब इमिरेटस् ९यूएई०ले प्रतिस्पर्धा गर्नेछन् । कोरोना महामारीका कारण सो प्रतियोगिता सात महिनापछि सरेको हो ।

वि.सं.२०७८ भदौ ७ सोमवार ११:४७ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...