Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

लक्ष्यमा पुग्ने सम्भावना न्यून



११ फागुन,कलैया । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुदानसहित सुपरजोन कार्यक्रम सञ्चालनका लागि करिब रु ३३ करोड बजेट व्यवस्था भएकामा कार्यक्रमको लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको छ ।

सुपरजोन कार्यक्रमका प्रमुख भूगलकिशोर तिवारीका अनुसार चालु आवका लागि मत्स्यपालनतर्फ रु २९ करोड ९२ लाख पाँच हजार, मत्स्य नर्सरीतर्फ रु दुई करोड ५७ लाख पाँच हजार, पोस्ट हवैस सेन्टर र कस्टम हायरिङ सेन्टरका लागि रु १०÷१० लाख, मिनी ल्याब स्थापनाका लागि रु एक लाख ५० हजार, परियोजना अभिमुखीकरणका लागि रु एक लाख पाँच हजार तथा कृषि अध्ययन संस्थान स्थापनाको लागि रु एक लाख बजेटेको व्यवस्था गरिएको छ ।

नयाँ पोखरी निर्माण र मत्स्य नर्सरी निर्माणका लागि कृषकले आवेदन दिएका छन् । नयाँ पोखरी निर्माणको लागि छुट्याइएको बजेट फ्रिज हुन नदिन सिँचाइसम्बन्धी कार्यक्रमको लागि बजेट रकामान्तरण गर्न स्वीकृति लिइने तिवारीले बताउनुभयो । आगामी पाँच वर्षभित्रमा सुपरजोन कार्यक्रमअन्तर्गत करिब एक हजार क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरिने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम