Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

कसरी टुट्छ र साइनो



nilkantha-tiwari-2

बल्ल ४५ पुगेको मान्छेले किन जागिर छोड्न खोजेको होला ? उमेर पनि छ, जागिर पनि अधिकृतस्तरकै छ । टेलिकमभित्रका धेरै शुभचिन्तकले यसो भन्दै जागिर नछोड्न सुझाए । मैले घरमा श्रीमती बाहेक छोराछोरीलाई पनि यो सुनाएको थिइन । श्रीमती पनि कचकच नगरेकी होइनन् । ‘अहिले अरु के नेै देख्नु भएको छ र …..?’ तैपनि उनलाई प्रेमका बेला जस्तै दुई चार कुरा बढाएरै निवेदनमा उनको पनि ल्याप्चे थमाएँ । यसरी जागिर छाडेको पनि अब झण्डै १ वर्ष पुग्यो ।
२०४५ फागुन १२ गते कलिलो उमेरमै म जागिर प्रवेश गरेको थिएँ । २०४५ मा पनि मैले परिक्षा दिएरै दुरसंचारको खरिदारमा नाम निकालेको थिएँ । अन्यत्र एसएलसी गरेको खरिदार हुन्थ्यो भने त्यहाँ चौँथो तहको सहायक भनेर भनिन्थ्यो । मैले अन्तवार्ता दिएर नाम निकालेँ । १२ सय जनाले दिएको परीक्षामा लिखितमा ४५ जना मध्ये मेरो २ नम्बरमै निस्किएको थियो । अन्तर्वार्ता पनि फटाफट भयो र म पास पनि भएँ र जागिर शुरु गरेँ ।

जागिर गरेको पहिलो महिनाको तलब सबैलाई प्यारो हुन्थ्यो नै, मैले यहाँको तलब बुझ्दा गाउँमा एसएलसी वाला मास्टरसँग तुलना गरे । हाम्रो पारिश्रमिक र सुविधा त्यत्तिबेलै निकै माथि रहेछ । २०४७ मा आइपुग्दा त हामीले भत्ताहरु पनि थप्दै गयौँ र आफ्नो जागिर आकर्षक बनायौँ पनि । टेलिकमको जागिर खाइरहे पनि म राजनैतिक रुपमा क्रियाशिल व्यक्ति थिएँ । फलत २०४६ को आन्दोलनमा सँगै पक्राउ परेका साथीहरु रिहाइ हुँदा पनि मलाई भने जेल नै पु¥याइयो । मलाई याद भएसम्म कर्मचारी मध्ये कुलबहादुर आचार्य सहित केहि साथि सक्रिय नै थिए भने फरक फरक विद्यार्थी मोर्चाको नेतृत्वमै रहेको म र रेवती भण्डारी(हाल सुनसरीका सांसद) आ–आफ्नो तहका ठोस जिम्मेवारीमा पनि थियौँ ।
लिखित नै परीक्षा दिएर आएपनि शुरुको चरणमा हामीलाई अस्थायी भनिएको थियो । पक्राउ र जेलका घटनाले जागिर जान्छ भन्ने मलाई निश्चित थियो । पंचायत ढलिहाल्छ भन्ने लागेको पनि थिएन । सारा जनता र कर्मचारी समेत उठेपछि व्यापक जनआन्दोलनबाट पंचायत गयो । हामीले धुमधाम अबिर लगायौँ र विजयको हल्ला पनि पिट्यौँ ।
article-of-nilkantha-tiwari1म जागिरे जीवन र राजनैतिक सहभागिताको दुवै साइडमा काम गर्दै गएँ । त्यत्ति बेलाको तेस्रो ठूलो दल संयुक्त जनमोर्चाको आग्रहमा केही दिन संसदमा काज पनि गएँ । डा. भरत लामिछाने (हाल नयाँ शक्तिका नेता) निजामतिबाट र म संस्थानबाट पार्टीको संसदीय दलमा काज पनि ग¥यौँ । यस्तो पहिचान बन्यो र अनुभूत पनि भयो की मैले मेरा लागि जागिर खाएकै छैन… । तथापि २०४८ मा स्थायी भएँ । २०५५ मा सङ्लेको संचयकोष निकालेर ‘योजना साप्ताहिक’मा लगाएँ र निलम शर्माको नाउँबाट प्रबन्ध सम्पादक पनि हुन पुगेँ । पत्रिका बन्द भयो । २०५७ मा फेरि संचयकोषबाट ऋण लिएँ, अनि सुन्धारामा मेडिया कम्प्युटर केन्द्र चलाएँ । ६–७ वटा कम्प्युटर सहितको अफिस द्वन्द्वको चपेटामा प¥यो । २०५८ देखि जागिर नै छाडेर ज्यान बचाउने….भन्दै म मिशनमै लागेँ । दुरसंचारको जागिरमा पाउने संचयकोष र ऋणबाट मैले जग्गा किनेर राख्न जानिन …, जो अहिले महशुस भैरहेको पनि छ ।

जागिरे जीवनमै २०४६, २०५४ र २०५५ को जेल तथा २०५८ देखि २०६० सम्मको जागिर छाडेर भूमिगत हुँदाको पीडा तथा २०६० पछिको सैनिक हिरासत र यातना भोगाईका रुपमा अविस्मरणीय बने…। वास्तवमा मेरो ज्यान बचाउन र सुरक्षित रहन दुरसंचार र टेलिकमको लोगोले निकै ठूलो काम ग¥यो । मेरो बालबच्चाहरु अलपत्र पर्दा पैसा पु¥याइदिएर सहयोग गर्ने धेरै टेलिकमकर्मी मित्रहरुप्रति म सझैँ ऋणी छु । नेपाल टेलिकम प्रति तझनै । वास्तवमा आफ्नो परिवारलाई मज्जाले पुग्ने गरी टेलिकमले तलब र सुविधा दिन्थ्यो । त्यो सेवा र सुविधासहित भविष्यका लागि सम्पत्तिको जोहो गर्ने काममा मैले सोच्नै भ्याइन । म अहिले ४५ वर्षमै जागिर छाडेर रिस्क मोल्ने स्थितिमा पु¥याउने मनोबल पनि त यहि टेलिकमले दिएको हो, भन्छु मनमनै ।

“मान्छेले प्राण छाड्छ…धर्ती छाड्छ र छाड्नै पर्छ….एउटा नियमित जागिर न छाडेको हो….टेलिकम कहाँ छाडेको छु र ? तपाईहरुसँग कसरी टाढा हुन्छु र …!” मले यसै भनिदिएँ, जो सत्य पनि थियो । अवकाश चिठीले पनि त मलाई टेलिकमसँग साइनो टुट्यो त भनेको छैन नी !

article-of-nilkantha-tiwari-2जागिरे जीवनमा अस्वभाविक र अचानक सरुवाको चपेटामा धेरै पर्ने व्यक्ति मध्ये म एक हुँ । नेपाल टेलिकमको काम नगरेर वा हाकीमले मन नपराएर त्यस्तो अनुभूति गर्नु परेको चाहि होइन । २०५१/०५२ देखि नै सुरक्षा निकायको अघोषित नियन्त्रणमा रहेको रहेछु भन्ने कुरो धेरै पछि बल्ल थाहा पाएँ । सुन्धारा–नक्साल र त्रिपुरेश्वरका विभिन्न ठाउँमा बाहेक मलाई अन्यत्र पठाइएको पनि होइन । यसक्रमको सबैभन्दा बढी समय चाहिँ प्रहरी मुख्यालय नजिकैको ‘नक्साल कार्यालय’ मा बिताएँ । बक्यौता महसुल उठाउने काम र काट्न नसकिएका ठूलाबडाको लाइन काट्ने काममा हाकीमहरुको स्याबासी पनि मैले बटुलेको हुं । दुरसंचार समिति हुँदा देखि संस्थान हुँदै टेलिकमको यात्रासम्मका तीनै पुस्ताका कर्मचारी मित्रहरुसँग सिक्ने र शेयर गर्ने अवसर मलाई मिलेकै हो । पहिला राष्ट्रसेवकका रुपमा आफ्नो डयुटीको समिक्षा हुने ग¥यो भनेपछि व्यवसायिक प्रतिस्पर्धामा खरो उत्रनु पर्ने सोचबाट पनि टेलिकमको लागि काम गरियो ।
ग्राहकको सेवामा ढिलाइ गर्ने एक दुई जना हाकीमलाई ‘सवक गराउने’ काम बाहेक मैले नेपाल टेलिकमको कुनै गोपनीयता भंग गरेको छैन र यो जीवनकालभर गर्ने पनि छैन । त्यस्ता सामान्य घटना बाहेक अरु अनुभूति पनि म सँग छंदा पनि छैनन् ।

द्वन्द्वकालमा भूमिगत हुन बाध्य हुँदा पनि टेलिकमको सम्पत्तिलाई सबैको राष्ट्रिय सम्पत्तिका रुपमा बुझाउने कुरालाई मेरो ब्रम्हले भ्याएसम्म प्रयास गरेँ । सानैदेखि जागिर खाएपनि मैले राजनैतिक–सामाजिक यात्रा र शैक्षिक यात्रा पनि टेलिकमकै आडमा अघि बढाएको छु । एसएलसी मात्र पास र आइएमा पढ्दै गरेको मैले आइए–बिए र एमए मात्र गरिन, टेलिकमकै जागिर भएकै बेला विद्यावारिधिको विद्यार्थी बन्ने अवसर पनि पाएँ ।

टेलिकमको नुन–पानी जागिर खाँदाको लागि मात्र होइन राष्ट्रिय सम्पत्ति र राष्ट्र निर्माणको बलियो खम्बामा कुनै आँच र धमिरा पस्न दिनुहुन्न भन्ने कुरामा बाहिरबाट पनि आत्मीय ऐक्यबद्धता प्रकट गर्न चाहन्छु ।

प्रतिस्पर्धी कम्पनीहरुले नयाँ नयाँ अफर घोषणा गर्दा पनि टेलिकम आक्रामक हुन नसकेको, एडिएसएल सेवामा धेरै कम्प्लेन आउने गरेको, कलड्रप्सका समस्या पनि अझै रहेकोे, डाटा बजारमा अपेक्षित पहुँच पु¥याउन नसकेको, प्रविधिको प्रतिस्पर्धा गर्न लायक जनशक्ति भित्र्याउन अझै समस्या रहेको, माग बमोजिम नयाँ नयाँ र अत्याधुनिक सेवाहरु ल्याइ गुणस्तरीय बनाएर वितरण गर्ने काममा ढिलाई भैरहेको तथा ट्रेड युनियनको संस्थागत उपयोगीता प्रभावकारी हुन नसकेको अनुभूति बाहिर बसेर पनि मैले गरिरहेको छु । टेलिकमको नुन–पानी जागिर खाँदाको लागि मात्र होइन राष्ट्रिय सम्पत्ति र राष्ट्र निर्माणको बलियो खम्बामा कुनै आँच र धमिरा पस्न दिनुहुन्न भन्ने कुरामा बाहिरबाट पनि आत्मीय ऐक्यबद्धता प्रकट गर्न चाहन्छु । टेलिकमको शेयर मूल्य र ३ हजार भन्दा माथि पुगेको सपना मैले पहिल्यै देखेको हुँदा शेयर पनि बेचेको छैन । केवल यतिमात्र सोचेकी एउटै व्यक्तिले उमेरको हद छ भन्दै तिसौँ बर्ष जागिर खाइरहँदा नयाँ पुस्तालाई अन्याय हुन्छ की ! युग र प्रविधिका अगाडि हाम्रो क्षमता र सीप धेरै पछाडी भएकाले कति खाइरहँ भन्ने पनि लागेकै थियो । त्यहिबेला स्वेच्छिक अवकाशको प्याकेज आयो ।

२०७२–१०–२९ गते स्वेच्छिक अवकाशको चिठी बुझेर दुई तलमा झर्नासाथ फेसबुकका लागि Missing You लेखौँ की बाइवाई लेखौँकी भनेर मोबाइलमा टाइप गर्न नखोजेको पनि होइन तर सकिन । मिसिङ र वाइवाइ लेख्न नसकेपनि म साथीहरुसँग बिदा भएर निस्केँ । माया गर्नेहरुको ताँती र संख्या धेरै नै रहेछ भन्ने थाहा पाएँ । म पीडासहित खुशीको अनुहार नै देखाइरहेको थिएँ भने साथीहरुले अनुहार नियाउरो पारे मलाई भावुक बनाइरहनु भएको थियो । “मान्छेले प्राण छाड्छ…धर्ती छाड्छ र छाड्नै पर्छ….एउटा नियमित जागिर न छाडेको हो….टेलिकम कहाँ छाडेको छु र ? तपाईहरुसँग कसरी टाढा हुन्छु र …!” मले यसै भनिदिएँ, जो सत्य पनि थियो । अवकाश चिठीले पनि त मलाई टेलिकमसँग साइनो टुट्यो त भनेको छैन नी !

(प्रस्तुत लेख नेपाल टेलिकमद्वारा प्रकाशित स्मारिकाबाट लिइएको हो । )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको