back
CTIZAN AD

नयाँ बर्षमा सयुक्त बृहत सांगीतिक कार्यक्रम हुने

वि.सं.२०७३ फागुन ११ बुधवार

885 

shares

एनआरएन एनसीसी कतारको संयोजकत्वमा आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरुलाई समेट्दै स्थापित सस्थाहरुको सहकार्यमा गरिन लागेको हो ।
गत १९ फेब्रुअरी २०१७ का दिन एनसीसी कतारका अध्यक्ष बिनेश तामांगको अध्यक्षतामा बसेको समन्वय समितिको बैठकले आगामी हुने कार्यक्रमको सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा भब्यरुपमा सम्पन्न गर्नको लागि ब्यवस्थित र अनुसासित रुपमा सबैले मिलेर संयुक्त रुपमा गर्नका लागि उपस्थित संघसस्थाका प्रतिनिधिहरुले सुझाव दिएका थिए ।
बैठकमा कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नको लागी समन्वय समितिका पदाधिकारीहरुमा कार्य बिभाजन समेत गरेको छ । कार्यबिभाजन गर्दा तोकिएको समितीमा संयोजक सहित पदाधिकारीका नामावली निम्नानुसार रहेको छ ।
स्थान छनौठ समिती संयोजक बिनेश तामाङ् सहित सदस्यहरुमा सुदर्सन भट्ट, टि एन बराल छन् । समितिले एक हप्ता भित्र अनुकुल स्थानको छनौट गर्दै अनुमानित लागत समेत पेस गर्ने छ । कार्यक्रमको प्रमुख पाटो आर्थिक ब्यवस्थापन समितीको संयोजकमा नगेन्द्र पोख्रेललाई तोकिएको छ । सदस्यहरुमा केसब भुसाल, रामहरी गैरे, रकमध्वज राई, अब्दुल हफिज मिया रहेका छन् । नाच्ने गाउने र रमाउने कार्यक्रम नै भएको हुँदा कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन आफ्नो अनुकुल सदस्य राख्न सुझाव दिदै साँस्कृतिक बिभागको संयोजकमा लिलम चिडी मगरलाई सुम्पेको छ ।

त्यसैगरी खानापिन ब्यवास्थापन सम्पूर्ण जिम्मा संयोजक सुदर्सन भट्ट रहेको समितिलाई मिलेको छ भने स्वयंसेवक ब्यवस्थापन समितीमा संयोजक श्री बिष्णुलाल श्रेष्ठ रहने गरि सदस्यमा बसन्त बहादुर थापा छनौट गरेको छ । कतारको एक्लो साझा महिला समाजकी अध्यक्ष सुस्मिता भुसाललाई कार्यक्रममा अतिथि सत्कारका लागी जिम्मा दिएको थियो ।

वि.सं.२०७३ फागुन ११ बुधवार ११:१६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...