back
CTIZAN AD

इन्फिनिटी लघुवित्तद्वारा नेपाल एग्रोलाई प्राप्ति गरी कारोबार सुरु

वि.सं.२०७८ भदौ ८ मंगलवार

696 

shares

८ भदौ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो ।

इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक बलराम विष्ट र साविक नेपाल एग्रो लघुवित्तका अध्यक्ष रमेश कुमार कर्मचार्यले संयुक्त रुपमा भर्चुअल माध्यमबाट एकिकृत कारोबारको सुरुवात गरेका हुन् । कार्यक्रममा संचालक बलराम विष्टले यस प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रुपमा अगाडि बढ्ने बताए ।

एकीकृत कारोबार पश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड, कर्जा रकम रु. ४ अर्व १४ करोड भन्दा बढी भएको कम्पनीले जनाएको छ ।

यी २ कम्पनीलाई नेपाल राष्ट्र बैंकले साउन १५ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिएको थियो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर  (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम भएको छ ।

 

वि.सं.२०७८ भदौ ८ मंगलवार ०८:४२ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...