back
CTIZAN AD

माधव नेपाल भन्छन् – ‘यसकारण कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भयो’ (हेर्नुस् अपिलको पूर्ण पाठ)

वि.सं.२०७८ भदौ ८ मंगलवार

531 

shares

८ भदौ, काठमाडौँ । प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाउन नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।

एक अपिल जारी गर्दै अध्यक्ष नेपालले पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका लागि नयाँ पार्टी खोल्नु परेको स्पष्ट पारेका छन् ।

पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानुनी रुपमा निष्कासन गर्ने तहमा उभिसकेपछि बाध्य भएर आफूहरुले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै उनले नयाँ पार्टी खोलिनु एमालेको पुनर्गठन एवम् रुपान्तरण भएको बताएका छन् ।

अपिलमा भनिएको छ ‘ पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामामा पुग्न नदिन तथा तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अबस्था सिर्जना भएको छ।’

नेता नेपालले आफूहरुले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गरेको भएता पनि अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न नचाहेको र निरन्तर विभाजनकारी निर्णय र गतिविधि गर्दै अगाडि बढेपछि छ एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भएको बताएका छन् ।
ओलीले एकता कायम राख्न नचाहेको स्पष्ट पार्दै नेता नेपालले भनेका छन् ‘उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने अर्कोतर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नवीकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रुपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अल्मल्याउने काम गरिरहनुभयो।’

पार्टी अध्यक्ष ओलीले कहिले स्पष्टीकरण, कहिले कारवाही, कहिले आम माफी, गद्धार, देशद्रोही घोषणा गर्दै एकताको च्याप्टर क्लोज भएको भन्ने अनि नेतृत्वपंक्ति बीच विभाजन ल्याइए अल्मल्याउने र कतिपयलाई तान्ने काममा रहेको आरोप पनि नेता नेपालले बताएका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश रजनताप्रतिको सेवाभाव, राष्ट्रिय वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटलविश्वासमा पार्टी अगाडी बढाइरहने बताउँदै उनले भनेका छन ‘नेकपा (एमाले) लाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ । नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौँ, ।

अगाडि भनिएको छ ‘कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्याउनहुन सबैमा हार्दिक अपिल गर्दछौँ।’

यस्तो छ नेपालद्वारा गरिएको अपिलको पूर्ण पाठ

पार्टी पंक्ति र आम जनसमुदायमा हार्दिक अपिल
प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,

यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको छ । हाम्रो पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अबस्था सिर्जना भएको छ । यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो । उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौ महाधिवेशनबाट पारित गरिएका निर्णय अनुसार नचल्नु हो ।
पार्टीको नवौ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन । उहाँ पार्टी महाधिवेशनप्रति इमान्दार रहनुभएन । उहाँले महाधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। त्यसैबीच तत्कालीन नेकपा (एमाले) रनेकपा (माओवादी केन्द्र) बिच एकता गरेर निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चल्नुभएन । मुलुकको प्रधानमन्त्री समेत रहेका उहाँले सरकार पनि पार्टी नीति र जनअपेक्षा अनुसार चलाउनु भएन । उहाँ मुलुकको संविधान अनुसार पनि चल्नुभएन । फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो । उहाँले २०७७ पुस ५ मा असंवैधानिक ढब्गले प्रतिनिधि सभाको विघटन गर्न सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो ।

वि.सं. २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (मओवादी केन्द्र) बिच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण हुनुनेपाली कम्युष्टि आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एउटा ऐतिहासिक घटना थियो तर केपी ओलीकै गलत विचार र व्यवहारका कारण त्यो ऐतिहासिक एकता टिक्न सकेन । २०७७ फागुन २३ मा आदालतको पैmसलाद्वारा त्यो एकता भंग भयो । अदालतको उक्त फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्वावस्थामै फर्कनुपर्ने स्थिति सिर्जना भएको थियो ।

त्यस अवस्थामा नेकपा (एमाले) को २०७५ जेठ २ सम्म कायम रहेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने हो भन्ने सम्बन्धमा निर्णय लिनुपर्दथ्यो । पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यसका निम्ति पहल गर्नुपर्दथ्यो तर उहाँले त्यस्तो कुनै पनि पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक बसी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनतर्पm धकेलिदिनु भयो। त्यस प्रकारको विषम परिस्थितिमा हामीले २०७७ चैत ४–५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवम् गहन रूपमा छलफल गरी “नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ” भन्ने आह्वान ग¥यौँ तर ओलीले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाउनुभयो । उहाँले साब्गठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवम्विचार र नवौं महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उलंघन गर्ने जस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम गर्नुभयो । उहाँ गाली गलौजमा समेत उत्रिनुभयो । उहाँले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेकौं प्रकारका चालबाजी र नाटक त गनुभयो तर वास्तवमा पार्टी एकतामा अगाडि बढ्न चाहनुभएन । निरन्तर रूपमा विभाजनकारी निर्णय र गतिविधि गर्दै अगाडि बढ्नुभयो। हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न ग¥यौँ तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो । त्यसैले आज हामी इतिहासको एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौँ । उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने अर्कोतर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नविकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रुपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अल्मल्याउने काम गरिरहनुभयो । यति मात्र होइन उहाँले कहिले स्पष्टिकरण, कहिले कारवाही, कहिले आममाफी, गद्धार, देशद्रोही घोषणा गर्दै फलानो फलानो व्यक्तिको निम्ति एकताको च्याप्टर क्लोज, ढोका बन्द भन्दै नेतृत्व पंक्ति बीच विभाजन ल्याई अल्मल्याउने र कतिपयलाई तान्ने काममा लागि रहनुभयो । हँुदा हुँदा २०७८/०५/०१ गतेका दिन त उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानुनी रुपमा निष्कासन गर्ने तहमा उभिसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने वाध्यकारी अबस्था सिर्जना भएको छ ।

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,

हामी हाम्रा अग्रजहरूको क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको वलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन चाहन्छौँ । हाम्रो पार्टीले स्थापना कालदेखि नै राष्ट्र र जनतासमक्ष राखेका लक्ष्य उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्नुपर्ने आवश्यकता परेको छ । नेपाली जनताको लामो सब्घर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासका निम्ति पनि हामीले दृढताका साथ अगाडि बढ्नु पर्ने भएको छ । यही दायित्वबोधका साथ अगाडि बढौँ ।

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,

हामी देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पञ्छिन सक्तैनौँ । हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौँ । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौँ ।

नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ । त्यसका निम्ति नेकपा (एमाले) लाई नयाँ ढं्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ । नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले) बाट बैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छांै । कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक
र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पु¥याउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ ।
माधवकुमार नेपाल
२०७७÷०५÷२

 

वि.सं.२०७८ भदौ ८ मंगलवार १०:४० मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...