८ भदौँ, काठमाडौँ । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको लिलामी शेयरमा आज बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
आवेदकबाट परेको बोलपत्र कम्पनीले भदौ ९ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा निजको प्रतिनिधिको उपस्थितीमा खोलिने जनाएको छ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १२:०९ मा प्रकाशित


























