back
CTIZAN AD

सर्वोत्तम शेयर प्रकरण: साउदले राजीनामा दिए, अरुले कहिले देलान् ?

वि.सं.२०७८ भदौ ९ बुधवार

1.1K 

shares

९ असोज, काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

मंगलबार नेप्सेको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले अनुसन्धानका लागि राजीनामा दिएको बताए ।

साउदले आफूले पदीय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको पनि दाबी गरेका छन् ।

‘मैले नेप्सेको कार्यकारी प्रमुखको हैसियतमा पदीय मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यससँग सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पु¥याउनका लागि आजैका मितिदेखि लागू हुने गरी राजीनमा दिएको छु,’ पत्रकार सम्मेलनका क्रममा साउदले भनेका थिए, ‘म नेपालको नागरिक पनि हुँ, नियम कानूनभित्र मैले काम गरेको छु, कमिटीले निश्पक्ष रुपमा अध्ययन गरोस्, मैले राजीनामा गरेर अध्ययनका लागि सहज वातावरण बनाएको छु ।’

नेपालको पुँजी बजारको विकासका लागि आफू प्रतिबद्ध भएर काम गरेको जिकिर साउदको छ । सरकारको साथ रहेमा आफू फेरि पनि पुँजी बजारको विकासका लागि काम गर्न तयार रहेको उनले बताए ।

निलम्बन गर्ने तयारी पछि राजीनामा अर्थमन्त्रालयले शेयर खरिद प्रकरणमा मुछिएका नेप्सेका साउदसहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, र बोर्डका संचालक सदस्य चन्द्रप्रसाद ढकाललाई पनि पदबाट निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाउने तयारी गरेको थियो ।

शेयर प्रकरणमा तीनै जनामाथि लागेका आरोपहरु पुष्टि हुने आधार देखिएको भन्दै मन्त्रालयले निलम्बनको प्रक्रिया अगाडि बढाएको थियो । अर्थले निलम्बनसहित छानबिन प्रक्रिया अगाडि बढाउन थालेपश्चात साउदले राजीनामा दिएका हुन् ।

यसअघि अर्थले प्रकरणमा मुछिएका सबैलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएपछि अर्थले थप कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
छानबिन गर्न ५ सदस्यीय कार्यदल अर्थमन्त्रालयले मन्त्रालयका कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख पाराश्वर ढुंगानाको संयोजकत्वमा यसअघि नै शेयर प्रकरणबारे अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको थियो । ढुंगानाको संयोजकत्वमा बनेको कार्यदलका अन्य सदस्यहरुको नामसमेत गोप्य राखी अर्थले छानबिन थालिरहेको छ ।

मन्त्रालयका अनुसार ढुंगाना, साउद र ढकालसहित उनीहरुसँग जोडिएका सबै व्यक्तिबारे अनुसन्धान सुरु गरि सकिएको छ । मन्त्रालय स्रोतका अनुसार अनुसन्धानको नतिजा छिट्टै दिने तयारीअनुसार छानबिन अगाडि बढाइएको छ । बताइएअनुसार अर्थमन्त्री जनार्दन शर्माले पनि यस विषयलाई निकै प्राथमिकतामा राखेर छिटोभन्दा छिटो अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

यसअघि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले शेयर खरिद प्रकरणमा मुुछिएका सबैमाथि आवश्यक कारबाही प्रक्रिया तत्कालै अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको थियो ।

शुक्रबार बसेको समितिको बैठकले बोर्ड र नेप्सेका अध्यक्षद्वयले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको र त्यसमा ढकालको समेत सहभागिता देखिएको भन्दै कारबाहीको निर्देशन दिएको थियो ।

वि.सं.२०७८ भदौ ९ बुधवार ०७:५२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...