back
CTIZAN AD

दल दर्ताको सनाखत सकियो, माधवको पक्षमा ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

वि.सं.२०७८ भदौ ९ बुधवार

693 

shares

भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । आयोगले दिएको समयसीमा भित्रै नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यहरु उपस्थित भएर सनाखत गरेका हुन् ।

साबिक नेकपा (एमाले)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको नेतृ निरादेवी जैरुले जानकारी दिइन् । पछि थपिएका ४ सांसदको विषयमा पनि आयोगले सहमति दिएको उनले बताइन् । यसअघि पछि थपिएका ४ सांसदले दलको पक्षमा सनाखत गर्न नमिल्ने भन्दै आयोगले अलमल गरेको थियो ।

एकीकृत समाजवादीको पक्षमा झलनाथ खनालले दिल्लीबाटै हस्ताक्षर पठाएका थिए भने प्रदीप नेपाल निर्वाचन आयोग पुगेरै हस्ताक्षर गरेका थिए ।

यसअघि दल दर्ताका लागि निवेदन दिँदा एमालेका २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशतको समर्थन चाहिन्छ । सो व्यवस्थाअनुसार दाबी गरिएबमोजिम माधव नेपाल नेतृत्वको पार्टीमा दुवै तर्फ २० प्रतिशत पुगेको छ । नेतृ जेरुका अनुसार आयोगले आज नै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १४:४७ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...