९ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कार्य विभाजनप्रति माओवादीभित्रका ३ भाइ शर्माहरुले विरोध र असहमति व्यक्त गरेका छन् ।
सो पार्टीका पुराना नेता नारायण शर्माले प्रचण्डसंगै बैचारिक र सांगठानिक प्रष्टता मागिरहेको बेला अपमानजनक ढंगले जिम्मेवारी दिइएको भनेर प्रष्ट विरोध र असहमति सार्वजनिक गरेका छन् भने पूर्वि नवलपुरका इन्चार्ज किशन शर्माले पनि नारायण शर्माका असन्तुक्ष्टिमा सैद्धान्तिक सहमति रहेको भन्दै संगै मिलेर लडने बताएका छन ।
यता काठमाडौं पार्टीको लामो समय नेतृत्व गरेका हिमाल शर्माले पनि माओवादी पुर्नगठनको अभियानमा पार्टी शसक्त बनाएको र लागिरहने भन्दै भूमिकाप्रति घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरेका छन् ।
वि.सं.२०७८ भदौ ९ बुधवार १७:०३ मा प्रकाशित






























