back
CTIZAN AD

जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन मन्त्री भुसालको आग्रह

वि.सं.२०७८ भदौ ९ बुधवार

600 

shares

९ भदौ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरिन् ।

बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको आज निरीक्षण गर्ने क्रममा उनले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिइन् । विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भए पनि नेपालजस्ता साना मुलुकमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ थियो ।

उनले भूक्षय, बाढीपहिराजस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताइन् । मन्त्री भुसालले भनिन्, “बाढी तथा पहिराको असर हामीले झेलिरहेका छौँ । यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जनधनको क्षति भएको छ ।” उनले मौसमजन्य विपत्तिबाट जनताको जीवनको रक्षा गर्ने तथा हुनसक्ने असरलाई न्यूनीकरण गर्नका लागि सूचना प्रवाह महत्वपूर्ण रहेको र त्यसका लागि विभागले २४ सै घण्टा काम गर्दै आएको भन्दै खुशी व्यक्त गरिन् । मन्त्री भुसालले सङ्गठन पुनःसरचना गरेर अगाडि बढ्नका लागि सूचना प्रविधि ९आइटी०सम्बन्धी दरबन्दी समयानुकूल बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले स्वीकृत कार्ययोजनाअनुसार छिटो र छरितो आफ्ना लक्ष्य पूरा गर्न निर्देशन दिए । सो अवसरमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले विभागका गतिविधिबारे विस्तृत जानकारी गराएका थिए । रासस

वि.सं.२०७८ भदौ ९ बुधवार २०:२५ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...