back
CTIZAN AD

नेता राजेन्द्र राई भन्छन् ‘प्रदेश १ को सरकार ढल्छ’

वि.सं.२०७८ भदौ १० बिहीवार

840 

shares

१० भदौ, काठमाडौँ । नवगठित नेकपा(एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले प्रदेश १ को सरकार ढल्ने बताएका छन् ।

धेरैले यसबारेमा प्रश्न गर्ने गरेको बताउँदै नेता राईले सामाजिक सञ्जालमार्फत एकमुष्ट जवाफ भनेर यस्तो बताएका हुन् । प्रदेश १ का ४ जना सांसद एकीकृत समाजवादीको पक्षमा रहेकाले एमालेको हालको सरकार ढल्ने स्पष्ट पारेका छन् ।

नेकपा(एकीकृत समाजवादी)ले दल दर्ताको औपचारिक प्रमाणपत्र पाएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता राईले लेखेका छन्  ‘जवाफ कतिलाई दिनु, यही हेरी बुझ्नु : प्रदेस एकमा ४ जना सांसद नेकपा (एकीकृत समाजवादी) पक्षमा उभिए एमालेको हालको सरकार ढल्छ ।’

एमाले विभाजनसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेका छन् । राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा रहेका अन्य दलहरुलाई सहमत गराईसकेका छन् । अब केहि दिनभित्रै राईका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताइएकाे छ।

यसअघि नेपाल समूहबाट मुख्यमन्त्रीका लागि संसदीय दलको चुनाव समेत लडेका भिम आचार्यले अन्तिम समयमा आएर नेपालको साथ छाडेपछि नेता राईका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

बुधबार निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार ०८:४३ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...