भदौ १०, काठमाडौं । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार मध्यान्ह उनको निधन भएको हो ।
केहि दिनअघि मस्तिस्कघात भएपछि एक्कासी लडेपछि उनलाई अस्पताल लगिएको थियो। तर, भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन् ।
टुहुरेको पार्थीव शरीरलाई आज साढे १ बजेदेखि २ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ। टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ।
संविधान सभा सदस्यसमेत रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।
टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’ भन्ने गीत निकै चर्चित छ । उनले १ सय ५० भन्दा बढी जनवादी गीतमा स्वर दिएका छन् ।
वि.सं.२०७८ भदौ १० बिहीवार १३:२८ मा प्रकाशित






























