back
CTIZAN AD

अन्तिममा छाड्ने नेताहरुप्रति माधव नेपालको टिप्पणी : थाक्नेहरुप्रति मेरो गुनासो छैन !

वि.सं.२०७८ भदौ १० बिहीवार

651 

shares

भदौ १०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्तिम समय छाडेर एमालेमा फर्किने नेताहरुप्रति गुनासो नरहेको बताएका छन् । निर्वाचन आयोगबाट नयाँ पार्टीको मान्यता पाइसकेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन् तर थाक्नेहरु थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन्’ माधव नेपालले भनेका छन्, ‘आज सहयोद्धामध्ये कतिपय मेरो साथमा हुनुहुन्न, यस्तो हुनेगर्दछ, ३२ सालका कतिपय सदयोद्धाहरु साथमा छैनन्। माले कालका कतिपय सहयोद्धाहरु छैनन्। एमालेकालका कतिपय सहयोद्धाहरु छैनन्।’

नेता नेपालले आफुँले क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको भन्दै छाड्नेप्रति पछाडि नर्फकने बताए । केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीबाट निकास पाएको उनको भनाई छ ।

नेपालले ओलीको गुटबाट छुटकारा लिन सबै नेता तथा कार्यकर्तालाई अपिल पनि गरेका छन् । उनले परिवर्तनको लागि पनि ओलीबाट अलग हुनुपर्ने बताए ।

‘केपी ओली गुटबाट तत्काल छुटकारा पाउनुस्, दक्षिणपन्थी भासमा फसेको, जनताको जिम्मेवारीबाट भागेको, पार्टी तहसनहस गर्न उद्धत भएको, सरकार सञ्चालन गर्न असफल, पार्टी विभाजित हुँदा भोजभतेर गरेर खुसी मनाएको, एकै कार्यकालमा दुई पटक प्रतिनिधि सभा विघटन गर्नेलाई साथ नदिनुस्,’ नेपालले भने, ‘देशभर पीडित रहनुभएका साथीहरू नयाँ क्रान्तिकारी धारमा समाहित हुनुस्।’

वि.सं.२०७८ भदौ १० बिहीवार १६:३१ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...