back
CTIZAN AD

मुख्य राजमार्ग फराकिलो बनाउनुपर्ने

वि.सं.२०७८ भदौ १० बिहीवार

681 

shares

१० भदौ, बागमती । मुख्य राजमार्ग फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

हेटौँडाको मुख्य सडक फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको हो । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भए पनि हेटौँडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहे पनि यसका कारण विस्थापित हुनेहरू भने वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने पक्षमा छन् ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महेन्द्र राजमार्ग र त्रिभुवनराजपथ कुनै पनि हालतमा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् । आज पत्रकारसँगको कुराकानीमा उनले दुबै सडक विस्तार गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गरिने जानकारी दिए ।

उनले पहिले नै घर निर्माण गर्दा सडकलाई चाहिएको समयमा बिना मुआब्जा भत्काउछु भनेर सहिछाप गरेकाले अहिले बिरोध गर्नेहरूले सडक फराकिलो पार्ने काममा सहयोग पुर्याउनु पर्ने धारणा व्यक्त गरे ।

प्रमुख महतले राजमार्गको बीचबाट दायाँबायाँ २५/२५ मिटर सडक विस्तार गर्न उपमहानगरपालिकाको कार्यपालिका बैठक र नगरसभाले निर्णय गरेर सङ्घीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । सडक फराकिलो बनाउन पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अवरोध गरेको कतिपयले आरोप लगाएकामा आफूले अवरोध नगरेको उनको जिकिर थियो ।

“मैले त सडकलाई ३२ मिटर फराकिलो बनाउँ भनेको छु, कतिपयले मेरो घर जोगाउन मैले यस्तो प्रस्ताव गरेको भन्छन् तर ३२ मिटर फराकिलो पार्दा मेरो घर भत्किन्छ । हेटौँडाको बजारभित्र ३२ मिटरको सडक अनि नजिकै ५० मिटरको फराकिलो सडक बनाऔँ भनेको हूँ, त्यसोगर्दा हेटौँडामा दुईटा भव्य सडक थपिन्छ र बजार फैलन्छ”, उनले भने ।

 

वि.सं.२०७८ भदौ १० बिहीवार १६:५७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...