back
CTIZAN AD

को हुन् प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य

वि.सं.२०७८ भदौ १० बिहीवार

642 

shares

१० भदौ, धरान । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । संविधानको धारा १६८ (१) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।

नेकपा (एमाले)का सचिवसमेत रहेका आचार्य सुनसरी–१ (ख) बाट विसं २०७४ को निर्वाचनमा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए ।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मेका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आएका छन् । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय छन् । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए ।

विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उनी शेरधन राईसँग दुई मतले पराजय भएका थिए । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्ष अघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा थिए ।

वि.सं.२०७८ भदौ १० बिहीवार १६:५५ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...