back
CTIZAN AD

काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी

वि.सं.२०७८ भदौ १० बिहीवार

588 

shares

१० भदौं, काठमाडौँ । क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।

काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग राखेर बुधबारदेखि सुरु भएको अनशन आज पनि जारी रहेको हो । पार्टीका संस्थापन इतरपक्षका जिल्ला सभापतिले सो माग गरेका हुन् । अनशनमा तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सुर्खेतका कमलराज रेग्मी, डोल्पाका अगदकुमार बुढा, नेविसङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं र नेविसङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्य बसेका थिए ।

सोमबार राति काँग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङग्याइ अन्तिम रुप दिइएको थियो । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको थियो ।

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असोज ५ गते हुनेछ ।

यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने गरी कार्यतालिका तय गरेको छ ।

चाँडो क्रियाशील सदस्यता सार्वजनिक

यसैबीच रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सहमतिमा काँग्रेसको अधिवेशन हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले चाँडो क्रियाशील सदस्यता सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने बताए । “हामीले महाधिवेशन भाँड्न खोजेका होइनौँ, तत्काल क्रियाशील सदस्यताको नाम सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्छ”, उनले भने । काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताको कुरालाई झिकेर बखेडा झिक्न नहुने बताए । उनले अनशनभन्दा पनि महाधिवेशन अहिलेको प्राथमिकता भएको बताए ।

काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले मतदाता नामावली प्रकाशन गरेरमात्र अधिवेशनमा जानुपर्ने बताए । उनले जिल्लाबाट विधिसम्मत ढङ्गले आएका क्रियाशील सदस्यतालाई मान्यता दिएर अधिवेशनमा जानुपर्ने धारणा राखेका थिए ।

काँग्रेस धादिङका सभापति रमेश धमलाले क्रियाशील सदस्यतालाई सार्वजनिक नगरेकाले आफूहरु बाध्य भएर रिले अनशनमा बस्नुपरेको बताए । छिटोभन्दा छिटो क्रियाशील सदस्यतालाई सार्वजनिक गरेर महाधिवेशनमा जानुपर्ने उनको भनाइ थियो । रासस

वि.सं.२०७८ भदौ १० बिहीवार २१:२४ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...