back
CTIZAN AD

पहिरो गएपछि नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध, देवदहमा पूल भासियो

वि.सं.२०७८ भदौ ११ शुक्रवार

795 

shares

११ भदौ, काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अबरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ– मुग्लिङ सडकखण्डको विभिन्न स्थानमा (सेतिदोभान १४ किलो, ५ किलो) मा खसेको पहिरो आज बिहान ६ बजेदेखि हटाउने क्रम जारी रहेको पनि प्रहरीले जनाएको छ ।

विहीवार साँझ ८ बजे गएको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको र पहिरो नपन्छाउदासम्म बैकल्पिक बाटो अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ ।

 

देवदहमा पूल भासियो
त्यसैगरी रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ घोडाहस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको पूल भासिएको छ ।

अविरल वर्षाका कारण उक्त पूल भासिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पूल भासिएपछि बुटवल खैरेनी सडकखण्ड अवरुद्ध हुनुका साथै सवारी आवागमन बन्द भएको छ ।

May be an image of road

निरन्तर आइरहेको वर्षाका कारण आएको बाढीले देवदहका धेरै क्षेत्र डुबानमा परेको र उद्धार कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार ०८:२४ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...