back
CTIZAN AD

गाउँपालिकाले एम्बुलेन्स नदिँदा नवजात शिशुको मृत्यु

वि.सं.२०७८ भदौ ११ शुक्रवार

612 

shares

११ भदौ, दैलेख । एम्बुलेन्स नपाउँदा एक नवजात शिशुको मृत्यु भएको छ । गाउँपालिकाले उधारोमा एम्बुलेन्स दिन नमान्दा शिशुको मृत्यु भएको हो ।

दैलेखको ठाँटीकाँध गाउँपालिका—५ की मञ्जु विकको नवजात शिशुको उपचारका लागि लैजाँदा लैजाँदै बाटोमै मृत्यु भएको हो । निमोनियाले थलिएकी शिशुलाई प्राथमिक केन्द्रले प्रदेश अस्पताल सुर्खेत रिफर गरेको थियो ।

शिशुलाई थप उपचारका लागि सुर्खेत लैजान एम्बुलेन्स उधारोमा माग्दा गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले नदिँदा शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

बिहानैदेखि स्वास्थ्यकर्मीले प्रयत्न गर्दा पनि निको नहुने देखेपछि मंगलबार दिउसो दुई बजेतिर प्रदेश अस्पताल लैजान रिफर गरेलगतै गाउँपालिकाका अध्यक्षलाई अनुरोध गरेको थियो ।

अध्यक्ष शाहीले भाडा नतिरेसम्म एम्बुलेन्स नदिने भन्दै ढिलाई गरेका कारण शिशुको मृत्यु भएको पीडित परिवारको भनाइ छ । प्रहरीको पहलमा बिरामी शिशुलाई मंगलबार राति दश बजे उधारोमै एम्बुलेन्समा पठाएपनि अस्पताल नपुग्दै बीच बाटोमै मृत्यु भएको मृतककी आमाले बदताएकी छन् ।

यसबारेमा संसार न्यूजसँग कुराकानी गर्दै सो गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले एम्बुलेन्स चालकले अगाडिको भाडा नतिरेको र पछिल्लो पटक पनि उधारो मागेको भन्दै चालकले सेवा दिन अस्वीकार गरेको बताएका छन् । यसअघि उनले गर्भवती र सुत्केरीका लागि मात्र निःशुल्क सेवा दिएकोले अन्य बिरामीलाई निःशुल्क दिन नसक्ने बताएका थिए ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:५९ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...