भदौ ११, काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद सचिवालयलाई पठाएको छ ।
आयोगको पत्र संसद सचिवालयमा आएसँगै अब एकीकृत समाजवादी र लोसपाले छुट्टै संसदीय दलको मान्यता पाउनेछन् ।
अध्यादेश जारी भएपश्चात दुवै पक्षले दल दर्ताको निवेदन दिएका थिए । बुधबार सनाखत पछि दुवैले दलको मान्यता पाएका थिए ।
माधव नेतृत्वको एकीकृत समाजवादीका ३० र लोसपाका १४ सांसद छन् ।


वि.सं.२०७८ भदौ ११ शुक्रवार १५:५८ मा प्रकाशित






























