back
CTIZAN AD

किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन

वि.सं.२०७८ भदौ ११ शुक्रवार

765 

shares

११ भदौ, ललितपुर । किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

वाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
जिल्लाको विकट उक्त क्षेत्रमा माटोअनुसारको कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो प्रविधि भित्र्याइएको हो । खेतीयोग्य जमिनको गुणस्तरअनुसार कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान दिलाउन बिहीबारदेखि सो प्रविधि प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

उनले भने, “अब किसानले आफ्ना खेतबारीको माटोको उर्वराशक्तिबारे थाहा पाउने भएका छन् । प्रयोगशालाको सुविधासँगै समयसमयमा माटो परीक्षण गर्छौँ।” प्रयोगशालाका माध्यमबाट माटामा भएका अम्लीयपन घटाउन, प्राङ्गारिक मलको मात्रा बढाउन र बिरुवालाई आवश्यक पर्ने पोषकतत्वबारे जानकारी लिन सकिने उपाध्यक्ष रञ्जना घिमिरेले बताए ।

खेतीयोग्य जमिनका माटो परीक्षण गरेर उपयुक्त बाली लगाउन सुझाव दिइने कृषि कार्यालयका प्रमुख सुवास खनालले जानकारी दिए । उनले भने, “हामीले परम्परागत खेतीमा मात्र ध्यान नदिएर आधुनिक कृषि प्रणालीमा पनि लाग्न जरुरी छ । माटो जाँच्न हेटौँडा पुग्नुपर्ने बाध्यता अब अन्त भएको छ । यहाँ हरेक बालीका लागि सुहाउँदो वातावरण भएकाले आगामी दिन माटो सुहाउँदो खेती गर्न प्रेरित गर्छौँ” ।

गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँको भू–बनोट र हावापानी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो । यसैगरी ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि : वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरिने तथा कृषिलाई आयामूलक र मर्यादित व्यवसायका रुपमा विकास गरिने योजनासमेत प्रस्तुत गरिएकोे थियो ।

गाउँपालिकाभित्र कृषि प्रसार, बजार व्यवस्थापन, बाँझो जमिन उपयोग, जनशक्ति व्यवस्थापन, चक्लाबन्दी कृषिलाई प्रोत्साहन, सहकारीको विस्तार र सामूहिक खेती गरी एकै प्रकारको बाली लगाउन प्रेरित गरिने जनाइएको थियो ।

वडा नं ४ प्युटारमा यसै आवदेखि कृषि हाट बजार सञ्चालनमा ल्याइने तथा माल्टा, प्युटार, आश्राङ र गिम्दीमा लसुनप्याज मिसन कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको थियो ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १५:०७ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...