१५ भदौँ, काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार १०:४० मा प्रकाशित


























